पोखरामा एसिया यू–२० रग्बीको छनौट खेल सुरु

पोखरा स्पोर्टस । पोखरामा आइतबारबाट एसिया यू–२० रग्बी च्याम्पियनसिपको अन्तिम छनौट खेल सुरु भएको छ ।

पोखरा रंगशालामा सुरु भएको प्रशिक्षणको शुभारम्भ नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीले गरेका हुन् । एसिया यू–२० रग्बीका लागि महिला तथा पुरुष खेलाडीसहित ७५ जनाको टोली पोखरामा आइसकेको छ । नवौं राष्ट्रिय खेलकुद पछि पहिलो पटक यति ठूलो संख्यामा रग्बी खेलाडीहरु पोखरा आएका हुन् ।

उक्त छनौट प्रक्रिया बुधबारसम्म अर्थात ४ दिन सञ्चालन हुने छ । एसिया यू–२० रग्बीका लागि महिला / पुरुष २०/२० जना गरी कूल ४० जना खेलाडीको अन्तिम छनौट गरिने संघले जनाएको छ ।

एसिया रग्बी यू–२० च्याम्पियनसिप काठमाण्डौमा आगामी भदौ २ र ३ गते आयोजना हुँदैछ ।

त्यसै गरी १९ औं एसियाली खेलमा सहभागि हुने नेपाली राष्ट्रिय रग्बीको १५ सदस्यिय टोली समेत मंगलबार पोखरा आउने तय भइसकेको छ ।

१९ औं एसियाली खेलमा सहभागि हुने नेपाली राष्ट्रिय रग्बीका १५ जना तथा एसिया यू–२० रग्बीका लागि अन्तिम छनौटमा पर्ने ४० जना  गरी कूल ५५ जना खेलाडीहरु करिव दुई महिना भन्दा बढि पोखरामा बन्द प्रशिक्षणमा रहनेछन् ।

पोखरा स्पोर्टस संग कुरा गर्दै बरिष्ठ उपाध्यक्ष गिरीले पोखरामा पहिलो पटक रग्बीको बन्द प्रशिक्षण सुरुवात गरिएको बताए । पोखरालाई रग्बीको हव बनाउने उद्धेश्यका साथ बन्द प्रशिक्षण गरिएको बताउँदै उनले भने–“हामी पोखरामा निश्चित उद्धेश्यका साथ आएका छौं । हाम्रो उद्धेश्य नै यस क्षेत्रमा रग्बी खेलको प्रवर्द्धन तथा विकास हो । अब हामी विद्यालयमा समेत रग्बीको प्रशिक्षण सुरु गर्नेछौं र नियमित खेल संगै अभ्यासका कार्यक्रमहरु तय गर्नेछौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close