माउन्ट अन्नपूर्णमा तेक्वान्दोको नियमित प्रशिक्षण सुरु

पोखरा स्पोर्टस । नदिपुरस्थित माउन्ट अन्नपूर्ण माविमा तेक्वान्दोको नियमित प्रशिक्षण सुरु भएको छ । उक्त प्रशिक्षण कार्यक्रम अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसर पारेर शुभारम्भ गरिएको हो । 

माउन्ट अन्नपूर्णले विद्यार्थीहरुको आत्मसुरक्षा संगै मार्शल आर्ट खेलको रुपमा नेपालमा स्थापित तेक्वान्दोको नियमित प्रशिक्षण सुरुवात गरेको हो । सो प्रशिक्षण कार्यक्रमको नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङ र गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङ र विद्यालयका प्रिन्सिपल सइन्द्र श्रेष्ठले संयूक्त रुपमा गरेका थिए ।

विद्यालयमा अध्ययनरत विद्यार्थी मध्ये ६५ जनाबाट प्रशिक्षण शुभारम्भ गरिएको विद्यालयका सिनियर प्रशासक चित्र बहादुर गुरुङले जानकारी दिंदै हप्तामा दुई दिने प्रशिक्षण दिने तयारी भएको बताए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै एनओसी उपाध्यक्ष गुरुङले विद्यार्थीहरुलाई अध्ययन–अध्यापन संगै अनुशासन तथा उनीहरुको स्वास्थ्य समेत चुस्त बनाउन तेक्वान्दो खेलको प्रशिक्षणले थप सहयोग पुग्ने बताए ।

गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष गुरुङले माउन्ट अन्नपूर्णले आफ्नो विद्यालयमा तेक्वान्दो खेलको प्रशिक्षण सुरु गरेर तेक्वान्दो खेलको विकासमा थप उर्जा थप्ने कार्य गरेको बताए । उनले विद्यार्थीहरुले परिक्षामा उत्कृष्ट नतिजा ल्याए जस्तै तेक्वान्दो खेलमा समेत उत्कृष्टता हासिल गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।

उनीहरुलाई  प्रिती सारुले प्रशिक्षण दिने विद्यालयले जनाएको छ ।

सो अवसरमा कास्की तेक्वान्दोका अध्यक्ष कुमार गुरुङ, विद्यालय सञ्चालक समितिका चिजकाजी गुरुङ, तेक्वान्दोका प्रशिक्षक ललित धामी, खेल शिक्षक सुवास गुरुङलगायतको सहभागिता रहेको थियो ।

माउन्ट अन्नपूर्ण मावि गण्डकी प्रदेशकै पहिलो निजि विद्यालय हो । विद्यालयमा बाल कक्षा देखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आएको छ । हाल विद्यालयमा ७ सय भन्दा बढि विद्याथीहरु अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close