
पोखरा स्पोर्टस । १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशको छात्रतर्फको टिम उपाधि नजिक पुगेको छ ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा आज सम्पन्न सेमीफाइनलमा लुम्विनीलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो । गण्डकीले लुम्विनीलाई २–० को सोझो सेटमा पराजित गरेको टिम म्यानेजर लेखनाथ लम्सालले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
पहिलो सेटमा २५–२१ ले जित निकालेको गण्डकीले दोश्रो सेट २५–२३ ले जितेको थियो ।
उपाधिका लागि आज २ बजे गण्डकीको छात्र टिम कर्णाली संग भिड्ने छ । कर्णालीले बलियो मानिएको बागमतीलाई पराजित गरेको हो ।
यसै गरी छात्रातर्फ टिम भने लुम्बिनी संग पराजित हुँदै तेश्रो स्थान प्राप्त गरेको छ ।
