धनगढी जाने गण्डकी फेन्सिङ टोलीलाई विदाई

पोखरा स्पोर्टस । कैलालीको धनगढीमा आयोजना हुने ‘प्रथम मुख्यमन्त्री राष्ट्रिय कप फेन्सिङ प्रतियोगिता’मा सहभागिता जनाउने गण्डकी प्रदेशको टोलीलाई विदाई गरिएको छ ।

टोलीलाई प्रदेश खेलकुद परिषदका सदस्य सचिव घनश्याम पौडेलले विदाई गरेका हुन् । यहि चैत्र २९ र ३० गते आयोजना हुने प्रतियोगितामा महिला र पुरुषतर्फ १ सिनियर र ९ जना जुनियर गरी कुल १० खेलाडीले गण्डकीबाट सहभागिता जनाउने छन् । उनीहरुले जुनियर तथा सिनियर ई.पी तर्फको इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् ।

सहभागिता हुने सिनियर खेलाडीमा महिलातर्फ मेरिया पुन रहेकी छन् । त्यसै गरी जुनियर पुरुषतर्फ नवराज जंग कार्की, सचिन खत्री, कुमार मल्ल, समिर सुनार र श्रीष बास्तोला रहेका छन् ।

जुनियर महिलातर्फ कृषा सुनार, विनिता पुन मगर, सुनमायाँ घर्ती मगर, श्रृस्ता बास्तोला रहेको कास्की फेन्सिङ संघका अध्यक्ष विजय शाहीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

टिमको प्रशिक्षकमा सन्दिप बराल र व्यवस्थापकमा चिजा गुरुङ तथा अभिभावकको रुपमा अमृता राई रहेकी छन् । कास्की फेन्सिङ संघका अध्यक्ष शाही समेत टोली संगै धनगढी प्रस्थान गरेका छन् ।

पछिल्लो समयमा गण्डकीले फेन्सिङ खेलमा उत्कृष्ट प्रदर्शन गर्दैै आइरहेको छ । तर खेल सामाग्रीको अभावमा सोच अनुरुप खेलाडीहरुको प्रशिक्षणमा समस्या आएको अध्यक्ष शाहीले बताए ।

यस अघि टोलीलाई आइतबार पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदारले विदाई गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close