बलियो नेपाल कप यू–१९ क्रिकेट : घरेलु टोली पोखरा र कर्णाली विजयी

पोखरा स्पोर्टस । बलियो नेपाल कप यू–१९ टि–२० क्रिकेटमा घरेलु टोली पोखरा क्रिकेट एकेडेमी र कर्णाली क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेका छन् ।

पोखरा रंगशालमा बुधबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली प्रदेश विजयी भएको हो । टस हारेर व्याटिङमा उत्रिएको कर्णालीले २० ओभर खेल्दै ४ विकेटको नोक्सानीमा १३४ रन जोडेको थियो । तर जवाफी व्याटिङमा उत्रिएको पलसर सिइसीले १९.५ ओभरमा सबै १० विकेट गुमाउँदै १२४ रन मात्रै जोड्न सक्यो ।

कर्णालीका लागि विराट भण्डारीले ५२ बलमा ५९, खेमराज खड्काले ४९ बलमा ४९ रन बनाउँदा मनिष थापाले ९ रन बनाएका थिए । यता पल्सर सिइसीका लागि २९ रन खर्चिएर ४ विकेट लिएका थिए । जवाफी व्याटिङमा पल्सर सिइसीका लागि सन्दिप विष्टले ३७, विपिन न्यौपानेले २० र १६ रन बनाए भने कर्णालीका लागि विराट भण्डारीले २, लक्की वमले र भरत क्षेत्रीले १ विकेट हात पारे । खेलमा विराट भण्डारी म्यान अफ दि म्याच घोषित भए ।

यता दोश्रो खेलमा घरेलु मैदानको फाइदा उठाउँदै पोखरा क्रिकेट एकेडमीले जनकपुर क्रिकेट एकेडेमी विरुद्ध ६ विकेटले महत्वपूर्ण जित हात पारेको छ । पोखरा विरुद्ध व्याटिङको सुरुवात गरेको जनकपुरलाई २० ओभरमा १०१ रनमा खुम्चाएको पोखराका लागि प्रदिप अर्यालले महत्वपूर्ण ३ विकेट हात पारेका छन् । जनकपुरका लागि साजन कुमार अग्रवालले १२ र अखिल श्रवणले ८ रन बाहेक अन्यले खासै दोहोरो रन जोड्न सकेनन् ।

जनकपुरका विरुद्ध व्याटिङका उत्रिएको पोखराका लागि खेलमा म्यान अफ दि म्याच समेत रहेका सिव्रिन श्रेष्ठले २१ बलमा नट आउट रहँदै २७, सोहेल कुंवरले २७ बलमा २७ रन सफल श्रेष्ठले २५ बलमा १९ रनको योगदान दिए । जनकपुरका लागि राजेश कुमार दाश र रोहन यादवले समान १–१ विकेट हात पार्दा अखिल श्रवणले २ विकेट झारे ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरका प्रमुख धनराज आचार्य खेल पर्यटन विकासका लागि यस्ता खेल कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

दुई समूहमा विभाजन गरी हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइने छ । ६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसै गरी म्यान अफ दि म्याचमा समेत नगद २ हजार ५ सय प्रदान गरिने छ ।

२७ गतेसम्म संचालन हुने प्रतियोगिताको पोखरा क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी र पल्सर सिइसिको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close