खेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहाल

खेलकुद पूर्वाधार नीति संवाद– २०७९ राजधानीमा सुरु

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालले खेलकुद सामान्य क्षेत्र नभएको बताएका छन् ।

राखेपद्वारा शनिबार काठमाण्डौमा आयोजित खेलकुद पूर्वाधार नीति संवाद– २०७९ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् । उनले भने– ‘खेल क्षेत्र राष्ट्रिय एकतालाई सुदृढ गर्ने क्षेत्र हो । सामाजिक अनुशासन र सद्भावलाई सुदृढ गर्ने क्षेत्र पनि हो । अन्तर्राष्ट्रिय भाइचारा मार्फत मानव जातीलाई नै एउटा सदभावतर्फ लैजाने क्षेत्र पनि हो । त्यसैले खेलकुद सामान्य क्षेत्र होइन ।

स्मरणिय के छ भने नेपाल ओलम्पिक कमिटि गत महिना आयोजना गरेको स्पोर्टस लिडर्स समिटको विषयगत छलफलमा प्रदेशका खेलकुद पूर्वाधार बारे कुराहरु उठे पछि राखेपले काउन्टरको रुपमा यो कार्यक्रम आयोजना गरिएको बताइन्छ । राखेपले सातै प्रदेशका खेल पूर्वाधारहरु अझै आफ्ना मातहातमा राखेको विषय संगै क्षेत्रिय खेलकुदको अवधारणा समेत व्यूँत्याई रहनुले पनि राखेपमा संघियता नआइसकेको भन्दै आमरुपमा टिप्पणी समेत हुँदै आएको छ ।

अहिले खेलकुद आर्थिक, राजनितिक, कुटनितीकलगायत हरेक दृष्टिकोणले पनि खेल क्षेत्रको महत्व गुणात्मक ढंगले बढ्न गएको बताउँदै आफूलाई यो विषयमा गहिरो हेक्का समेत रहेको प्रधानमन्त्री दाहालले उल्लेख गरे । उनले खेल क्षेत्रको राजनितिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा भएका महत्वपूर्ण विषयहरुका बारेमा समेत आफू जानकार रहेको बताए ।

प्रधानमन्त्री दाहालले खेल क्षेत्रमा केहि गरौं भन्ने भावना रहेको बताउदै कार्यक्रमबाट आएका निष्कर्षलाई हेरेर नीति, कार्यक्रम र बजेटमा व्यवस्था गर्ने प्रतिबद्धता जनाउँदै भने–‘खेल क्षेत्रमा केहि गरौं भन्ने भावना छ । तर हाम्रा सीमाहरु छन् । बजेटका सीमा छन् । अर्थतान्त्रको सीमा छन् ।’ ‘यति हुँदा हुँदै पनि आफ्नो पनि खेल क्षेत्रमा विशेष अभिरुची हुनका नाताले केहि गर्नु पर्छ भन्ने अठोट लिएको छु । कार्यक्रमबाट आएका निष्कर्षलाई हरेर मैले नीति, कार्यक्रम, बजेटमा व्यवस्था गर्ने विश्वास दिलाउन चाहन्छु’, उनले भने ।

प्रत्येक विद्यालय र गाउँगाउँमा खेल इकाइ गठन गर्दै खेल मैदान बनाउने कुरालाई संस्थागत रुपमा लैजानलाई उच्च प्राथमिकता दिनु पर्नेमा जोड दिदै हिमालदेखि पहाड, तराई सबै तिर संरचना निर्माण गर्न सके नेपाल उत्कृष्ट खेलकुद हब हुन सक्ने धारणा प्रधानमन्त्री दाहालको थियो ।

खेल क्षेत्रमा बजेट बृद्धिको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै भने–‘खेल क्षेत्रमा बजेट बृद्धिको विषयमा मेरो ध्यानाकर्षण भएको छ । बजेट निर्माणको प्रकृया चलिरहेको छ । यस विषयमा यहाँ उठेका मर्म र भावनालाई सम्बोधन गर्ने गरी बजेट निर्माणमा मेरो निर्देशन हुनेछ ।’

कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले खेलकुद पूर्वाधार बनाउने विषयमा स्पष्ट हुन जरुरी रहेको बताउदै कर्मचारी हस्तान्तरणको विषयमा पनि गम्भीर हुनु पर्ने आवश्यक्ता औल्याए ।

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले खेलकुदमा देखिएको नीतिगत र प्रशासनीक समस्याको हल हुन आवश्यक रहेको बताउदै बागमती प्रदेशले पूर्वाधारको समस्यालाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधारलाई प्राथमिकता दिने बताइन् ।

महानगरपालिका फोरमका अध्यक्ष समेत रहेका पोखरा महानगरपालिका मेयर धनराज आचार्यले राष्ट्रिय एकताका लागि, व्यक्तिगत स्वास्थ्यसंगसंगै सामाजिक स्वास्थ्यका लागि पनि खेलकुदलाई राज्यले प्राथमिकता दिनु पर्नेमा जोड दिए ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङ उपयुक्त खेल पूर्वाधार भएको अवस्थामा थुप्रै ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने बताउदै खेलकुद पूर्वाधार निर्माणमा सबैको सहभागिता कसरी हुन सक्छ भन्ने विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताए । ‘खेलकुद पूर्वाधार र खेलकुदको दायित्व सिंगो देशको हो । राज्यको हो । राज्यको हो भनेपछि त्यो नागरिकको पनि हो । खेलकुदको मुल उद्गमका रुपमा रहेको विद्यालयको पनि हो । विश्व विद्यालयहरुको हो । यसका आंगिक क्याम्पसहरुको पनि हो ।’

सदस्य–सचिव घिसिङले भने– ‘यति मात्र होइन आम नागरिकलाई स्वास्थ राख्न हजारौं संख्यामा रोजगार दिन सक्ने औधोगिक क्षेत्रले पनि किन खेलस्थल नबनाउने । निजी क्षेत्रको पनि दायित्व हो । तीनै तहका सरकारको समान दायित्व हो । खेलकुद पूर्वाधार बनाउनका लागि र खेलकुदको विकासको नीति तयार गर्न यो संवादले सही निष्कर्ष निकाल्ने विश्वास छ ।’ सदस्य–सचिव घिसिङले कार्यक्रमबाट आएको निचोडलाई सफल बनाउन सबैको महत्वपूर्ण र सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरे ।

राखेपका उपाध्यक्ष शिव कोइरालाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री र सचिव, प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव, प्याब्सन र एन प्याब्सनका अध्यक्ष, अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि, जिल्ला समन्वय समिति महासंघका प्रतिनिधि, महानगरपालिका फोरम र गाउँपालिका महासंघका प्रतिनिधि, राखेपका सदस्यलगायतको उपस्थिति रहेको थियो । संवादको निचोड आइतबार सार्वजनिक गरिने छ ।

स्मरणिय के छ भने नेपाल ओलम्पिक कमिटि गत महिना आयोजना गरेको स्पोर्टस लिडर्स समिटको विषयगत छलफलमा प्रदेशका खेलकुद पूर्वाधार बारे कुराहरु उठे पछि राखेपले काउन्टरको रुपमा यो कार्यक्रम आयोजना गरिएको बताइन्छ । राखेपले सातै प्रदेशका खेल पूर्वाधारहरु अझै आफ्ना मातहातमा राखेको विषय संगै क्षेत्रिय खेलकुदको अवधारणा समेत व्यूँत्याई रहनुले पनि राखेपमा संघियता नआइसकेको भन्दै आमरुपमा टिप्पणी समेत हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close