महिला खेलाडीहरुको ब्यक्तित्व बिकास र डाइनिङ्ग संस्कार बारे प्रशिक्षण

एनओसी वुमेन्स कमिसनद्वारा शान्ति र सुशीला सम्मानित

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले विश्वमञ्चमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुले खेलसंगै आफ्नो व्यक्तित्व र खानपानको शैलीमा उचित ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

शान्ति र सुशीला सम्मानित
१ सय १३ औं अन्तर्राष्ट्रिय महिला दिवशको अवसरमा नेपाल ओलम्पिक कमिटी अन्तर्गतको वुमेन्स कमिसनले बुधबार भलिबलकी पूर्व खेलाडी तथा प्रशिक्षक शान्ति गुरुङ तथा राष्ट्रिय खेलकुद परिषदकी कर्मचारी सुशीला पोडेनीलाई सम्मान गरेको छ । नेपाली खेलकुदमा पुर्‍याएको योगदान तथा सेवाका लागि उनीहरूलाई नगद सहित सम्मान गरिएको हो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उनीहरूलाई सम्मान गर्दै नेपाली खेलकुदमा महिलाको योगदानबारे चर्चा गरेका थिए । दुवैलाई २५/२५ हजार रुपैंया प्रदान गरिएको थियो । त्यस अवसरमा दुवैले आफ्नो कामको कदर भएकोमा खुसी व्यक्त गर्दै सम्मानका लागि धन्यवाद प्रकट गरे ।

वुमेन्स कमिसनले सन २०१२ देखि प्रत्येक वर्ष नगद पुरस्कारसहित नेपाली खेलकुदमा योगदान पुर्‍याउने दुई जनालाई सम्मान गर्दै आएको छ । कार्यक्रम कमिसनका अध्यक्ष ज्योति राणा र पदाधिकारी तथा कमिटीका अध्यक्ष पदाधिकारीको उपस्थिति थियो ।

खेलाडीहरु देशको एम्बेसडर भएकाले उनिहरुको ब्यक्तित्व, खानपानको शैली र संस्कारले देशको पहिचान र प्रतिष्ठा झल्काउने उनको भनाई छ । खेल क्षेत्रमा बिशेष योगदान गर्ने महिला खेलाडीहरुको सम्मान तथा आगामी एसियन खेलको तयारीमा रहेका महिला खेलाडीहरुको ब्यक्तित्व बिकास गर्ने उदेश्यले ओलम्पीक कमिटिमा बुधबार आयोजिक कार्यक्रममा अध्यक्ष श्रेष्ठले यस किसिमका कार्यक्रमले खेलाडीहरुको प्रदर्शनमा समेत सकरात्मक प्रभाव पार्ने बताए ।

हस्पीटालिटि र पर्यटन क्षेत्रमा बिशेषज्ञ सेवा दिदै आएको हस्पीटालिटि गाइड्सँंगको सहकार्यमा आयोजित कार्यक्रममा ओलम्पिक कमिटिसँग आवद्ध २५ भन्दा बढि खेलकुद संघबाट करिब ५० भन्दा बढि महिला खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको सहभागिता रहेको थियो. । सो अवसरमा अध्यक्ष श्रेष्ठले आगामी दिनमा ओलम्पिक कमिटिले एसियन गेम्सलाई लक्षित गरि सबै संघमा आवद्ध खेल पदाधिकारी, प्रशिक्षक र खेलाडीहरुलाई व्यावसायीक अनुशासन, व्यक्तित्व बिकास र खानपानको संस्कार बिषयक प्रशिक्षण सञ्चालन गर्ने लक्ष्य लिएको बताए ।

उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटीअन्तर्गत रहेको वुमेन एण्ड स्पोर्ट्स कमिसनकी अध्यक्ष ज्योती राणाले खेलाडीहरुलाई उचिन खानपान, डाइनिङ्ग सस्कार र ब्यक्तित्व विकासबारे सहि ज्ञान नहुँदा विदेशमा कतिपय अवस्थामा ग्लानीबोध हुने गरेको र त्यसले उसको खेल प्रदर्शनमा समेत असर गर्ने गरेको अनुभव सुनाइन् । यस प्रशिक्षणबाट खेलाडीहरुमा सकारात्मक सन्देश जाने बिश्वास ब्यत्त गर्दै उनले आफुले सिकेको ज्ञान र संस्कार अन्य खेलाडी र घर परिवारमा समेतमा बाँड्न सुझाब दिइन् ।

हस्पीटालिटि र पाककलाका क्षेत्रमा बिशेष अनुभव हासिल गरेका बिज्ञ प्रशिक्षकहरु रुपेश क्षेष्ठ , सेफ भावी खनाल र मोडेरेटर एवम् हस्पीटालिटि गाइड्सका कार्यकारी निर्देशक सुराच प्रसाईले खेलाडीहरुको व्यावसायीक बिकास र डाइनिङ्ग सस्कारका बिषयमा प्रशिक्षण दिएका थिए । सो अवसरमा खेलकुद क्षेत्रमा बिशेष योगदान पुर्याए बापत २ जना महिला खेलाडीहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close