मञ्चद्वारा पोखरा म्याराथनका लागि आएका पाहुनाहरुको बिदाई

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले एक कार्यक्रमको आयोजना गरी यूके, अस्ट्रेलियालगायत अन्य मुलुकहरुबाट मातृभूमी आएका पाहुनाहरुलाई बिदाई गरेको छ ।

गत फागुन ६ गते सम्पन्न १७ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागिता जनाउन उनीहरु पोखरा आएका थिए । विदाई कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च यूके, गैर आवाशिय नेपाली संघ अस्ट्रेलिया, नेपाली समाज अस्ट्रेलियालगायतका संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुङले १७ औं सस्करणमा सहभागिता जनाउन पाउँदा खुसी व्यक्त गर्दै पोखरा म्याराथनले थप उचाई प्राप्त गरेको भन्दै प्रशंसा गरे । आफू सहित ३५ जनाको टोली यस पटक म्याराथनमा सहभागिता जनाउने संगै हाइक फर साल्मे डाँडा, धरान रनजस्ता महत्वपूर्ण कार्यक्रमहरु जोडिन पाउँदा खुसी व्यक्त गर्दै आगमी वर्षहरुमा समेत यसको निरन्तरता रहि रहने बताए । उनले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्थाको रुपमा पोखरेली मञ्च युके निरन्तर साथ रहने उल्लेख गरे ।

सो अवसरमा आफ्ना भनाई राख्दै तमु समाज अस्ट्रेलिया, सिडनीका संस्थापक अध्यक्ष प्रेमकाजी गुरुङले पोखरा म्याराथनले विदेशमा रहेका नेपालीहरुको मात्रै नभई विदेशीहरुको समेत मन जित्न सफल रहेको बताउँदै आगमी वर्षहरुमा समेत अस्ट्रेलियाबाट सहभागिता बढाउने गरी आफ्नो विशेष पहल रहने बताए ।

मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले भावी पुस्तालाई जोड्न म्याराथन सार्थक हुने उल्लेख गर्दै विदेशमा रहेर पोखरा म्याराथनलाई निरन्तर प्राप्त सहयोगले संध्रै हौसला मिलेको बताए ।

नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले सहयोगीहरु प्रति आभार व्यक्त गर्दै पोखरा म्याराथनमा देखिएका कमि कमजोरीहरुलाई आगमी दिनमा सुधार गर्दै अघि बढने बताए । उनले एम्समा सदस्यता प्राप्ती संगै पोखरा म्याराथनले उचाई प्राप्त गरेको बताउँदै आगमी वर्षमा समेत कर्मथलोमा रहेका नेपाली दाजुभाईहरुलाई म्याराथनमा यस्ते प्रकारको सहयोग र सहभागिताका लागि आग्रह गरे ।

कार्यक्रम मञ्चका सल्लाहकार महेश गुरुङ, संस्थापक कोषाध्यक्ष लोक बहादुर गुरुङ, मञ्चका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close