बिटी कपमा पहिलो चरणका खेलहरु सम्पन्न

पोखरा स्पोर्टस । पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् ।

पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (शुक्रबार) भएको पहिलो खेलमा लामागाउँ एफसीले मण्डेला एफसीलाई ३ –० गोल अन्तरले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको हो । लामागाउँको अनुज भण्डारी, सरोज तामाङ र विश्व थापाले समान १–१ गोलको योगदान दिए ।

दोस्रो खेलमा लेकसाइड एफसीले सिमपानी एफसीलाई २–१ गोल अन्तरले हरायो । लेकसाइडको विवेक सन्तोषीले २ गोल गरे भने सिमपानीको तर्फबाट सगुन शर्माले सान्त्वना १ गोल फर्काए ।

तेस्रो खेलमा बुन एफसीलाई विष्णुपादुका क्लबले १–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । विष्णुपादुकाको जितमा अनिल सुचिकारले निर्णायक गोल गरे ।

चौथो खेलमा मानारथा चर्चलाई सत्य युवा क्लबले १–० गोल अन्तरले पराजित गर्याे । सत्य युवा क्लबको जीतमा दिपेश गुरुङले निर्णायक गोल गरे ।

यस्तै पाँचौ खेलमा बेलीज् एफसीलाई एलजी एसोसियशनले १–० गोल अन्तरले पाखा लगायो एलजीको जितमा आशिष गुरुङले निर्णायक गोलको योगदान दिए ।

छैटौं खेलमा गन्नी एफसीले हरिचोक युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दा गन्नीको जितमा सन्दिप राना र लक्ष्य थापाले समान १–१ गोल गरे । सातौ खेलमा आयोजक बिटी ह्वाइटले एम फाइभलाई २–० गोल अन्तरले हरायो । आयोजकको जितमा संगम दर्जी र सुशान गुरुङले समान १–१ गोलको योगदान दिए ।

वी आर ब्रदर्श काठमाडौ र कमलपोखरीबीच भएको खेलको निर्धारित समय गोलरहित भएपछि ट्राइबेकरमा वी आर ब्रदर्शले ५–४ गोल अन्तरले जित निकाल्यो ।

शनिबार क्वाटरफाइनलका खेल सुरु हुनेछन् भने क्वाटरफाइनलका खेलबाट म्यान अफ द म्याच प्रदान गरिने छ ।

आगामी फागुन १ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close