
पोखरा स्पोर्टस । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रचार प्रसार तिव्र रुपमा जारी रहेको नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ ।

यसै क्रममा पोखरा महानगरको दुई वडाहरु वडा नं ३ र १६ मा भेला तथा अन्तक्रिया कार्यक्रमहरु सम्पन्न भएको मञ्चले जनाएको हो । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था मञ्चको आग्रहमा पोखरा म्याराथनको रुटमा वडा नं ३ मा वडा अध्यक्ष प्रकाशमान उदासको प्रमुख आतिथ्यता र वडा नं १६ मा कार्यवहक अध्यक्ष राजकुमारी बाँनियाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
पोखरा वडा नं ३ मा सम्पन्न भेलामा वडा अध्यक्ष उदासले पोखरा म्याराथन पोखराकै गौरव गर्ने लायक कार्यक्रम रहेकोले सहयोगका लागि आफ्ना वडाका संस्थाहरुलाई आग्रह गरे । सो अवसरमा मञ्चका कोषाध्यक्ष महेश पौडेल र कार्यसमिति सदस्य भरत कुमार आलेले पोखरा म्याराथन सफल बनाउन आह्वान गरे । भेलामा वडा नं ३ का विभिन्न संघ संस्था गरी ३० जना प्रतिनिधि तथा अध्यक्षहरुको सहभागिता रहेको थियो ।
पोखरा वडा नं १६ बाटुलेचौरमा सम्पन्न वार्ड भेलामा मञ्चका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनले खेलकुदको क्षेत्रमा सकरात्मक प्रभाव पार्न सफल भएको जनाउँदै १७ औं सस्करणको पोखरा म्याराथनलाई भव्य रुपमा सम्पन्न गर्न वडावासीहरुलाई आह्वान गरे । सो अवसरमा विभिन्न संघ संस्थाका विभिन्न २५ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मञ्चका कार्यसमिति सदस्य ओम गुरुङको समेत सहभागिता थियो ।
पोखरा म्याराथनमा नयाँ आकर्षण
– १०० जना भन्दा बढी विद्यार्थी सहभागी गराउने विद्यालय लाई समापन समारोहमा सम्मान पत्र प्रदान गरिने ।
– ५ कि.मि. दौड पुरा गर्ने ३०० जना छात्र र २०० जना छात्रा विद्यार्थीलाई मेडल प्रदान गरिने ।
– १० कि.मि. दौड पुरा गर्ने २०० जना महिला र १०० जना पुरुष धावकलाई मेडल प्रदान गरिने ।
– म्याराथन र हाफ–म्याराथन पुरागर्ने सबै धावकलाई फिनिसर मेडल प्रदान गरिने ।
– सबै धावकहरुलाई सहभागीताको ई–प्रमाण पत्र प्रदान गरिने ।कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका लागी रु ३०० मा नाम दर्ता गर्ने व्यवस्था समेत गरेको छ । सोको लागि विद्यार्थी परिचय–पत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने मञ्चले जनाएको छ ।
