र्‍याङ्किङ्ग ब्याडमिन्टन : पुलिसका प्रिन्स र बिष्णु प्रिक्वाटरमा

पोखरा स्पोर्टस । नेपाल पुलिसका प्रिन्स दाहाल र बिष्णु कटुवाल इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय र्‍याङ्किङ्ग खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।

सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा प्रिन्सले एपिएफका सुमन लिम्बुलाई २१–१५, २१–१३ को सोझो सेटमा पराजित गर्दै प्रिक्वाटरमा प्रवेश गरेका हुन् । यस्तै पुलिसकै बिष्णुले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका साहिल शेखमाथि २१–७, २१–५ को सहज जित हात पारे ।

यस्तै अन्तिम १६ प्रवेश गर्ने क्रममा सेनाका नरेन्द्र बम, पुलिसका सुनिल जोशी, एपिएफका देवराज राना, सेनाका प्रफुल महर्जन एपिएफका क्षितिज खनाल, पुलिसका जीवन आचार्य, सेनाका कविर के.सी., एपिएफका रोशन साउद, सेनाका रुकेश महर्जन, एपिएफका अमन महर्जन, पुलिसका दीपक बोहरा, सेनाका पविन लिनथेप, एपिएफका विजीत थापा मगर र सेनाका हिमाल चन्द रहेका छन् ।

नरेन्द्रले एपिएफका अरुण अधिकारीलाई २१–१५, २१–११, सुनिलले सुनसरीका प्रविण तामाङलाई २१–८, २१–१२, देवराजले संखुवासभाका पवन राना मगरलाई २१–४, २१–८, प्रफुलले मेहरमान बहुउद्धेश्य कभर्डहलका नविन सुवाललाई २१–१६, २१–९, क्षितीजले सुनसरीका मुनाहाङ्ग राईलाई २१–११, २१–९, जीवनले बेलटार ब्याडमिन्टन एकेमेमीका केनिश मगरलाई २१–८, २१–१२,कविरले एपिएफका प्रनिश सिंह ठकुरीलाई २१–१७, २१–१६, रोशनले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका बविश थापालाई २१–११, २१–१५, रुकेशले मोरङ्गका बिवेक चौधरीलाई २१–१७, १८–२१, २१–१४, अमनले सुनसरीका प्रशन्न राईलाई २१–१७, २१–१३, दीपकले ताप्लेजुङ्गका प्रेम लिम्बुलाई २१–१६, २१–१०, पविनले बेल्टार ब्याडमिन्टन एकेडेमीका विनय चौधरीलाई २१–१७, २१–१५, विजीतले संखुवासभाका गोरख चौहानलाई २१–७, २१–७ ले तथा हिमाल चन्दले सुनसरी ब्याडमिन्टन एकेडेमीका रोधा राईलाई २१–१७, २१–१६ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान पक्का गरेका हुन् ।

ब्वाईज १३ तर्फको प्रतिस्पर्धामा जित निकाल्दै काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका प्रवल श्रेष्ठ, सुनसरी ब्याडमिन्टन एकेडेमीका अनुज कार्की, कैलालीका आदित्य चौधरी, बविन राई, खोटाङ्गका सुयोग खड्का, एनपिएस काभ्रेका प्रनिश कार्की, नवाङ्ग राई, सुनसरी ब्याडमिन्टन एकेडेमीका प्रतिक मगर, भोजपुरका त्याबुङ्ग राई पनि अन्तिम १६ मा स्थान पक्का गर्न सफल भए ।

२८ गते सम्म संचालन हुने प्रतियोगितामा पुरुष एकल र युगल, महिला एकल र युगल, मिक्स युगल, छात्र र छात्रा यु– ११, १३ र १५, भेट्रान ४५ र ५५ गरि १३ विधामा २५३ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

यस अघि प्रतियोगिताको प्रदेश नं. १ का सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close