टाइगर कप भलिबलको फाइनलमा अभिनेत्री सम्राज्ञी र हाँस्य कलाकार जितु नेपाल आउने

पोखरा स्पोर्टस । अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाह र हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) टाइगर कप भलिबल प्रतियोगिताका लागि आउने भएका छन् ।

पोखरा रंगशालामा जारी तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’को फाइनल खेल अवलोकन संगै मनोरञ्जन प्रदान गर्न उनीहरु पोखरा आउन लागेका हुन् । माघ १४ गते पोखरा रंगशालामा हुने फाइनल खेलको अवलोकन संगै मनोरन्जन प्रदान गर्ने उनीहरुको कार्यक्रम रहेको छ ।

सो बारे जानकारी दिंदै टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले कलाकारहरु दर्शकहरुलाई उत्साह भर्न आउन लागेको जानकारी दिए । “हामी उहाँहरुलाई स्वागत गर्न आतुर छौं । उहाँहरुको आगमनले दर्शकहरुले खेल संगै भरपुर मनोरञ्जन प्राप्त गर्ने कुरामा हामी विश्वस्त छौं,” अध्यक्ष शर्माले भने–“हामी उहाँहरुलाई विशेष अतिथीको रुपमा स्वागत गर्दैछौं ।”

हेरी की परी चलचित्रको प्रचारमा दुबै कलाकारहरु यति बेला व्यस्त रहेका छन् । नाट्य कलाबाट चलचित्रमा उदाएकी अभेनेत्री सम्राज्ञीले एक दर्जन चलचित्रमा सफल अभिनय गरेकी छन् । उनले ए मेरो हजुर २, मंगलम, इन्टु मिन्टु लन्डनमा, रातो टिका निधारमा, मारुनी, हेरी की परी लगायत चलचित्रमा सफल अभिनय गरेकी छन् ।

स्टाण्ड अप कमेडियनको रुपमा रहेका नेपालले जिरे खुर्सानी, ट्वाक्क–टुक्क लगायतका हास्य टेली ऋंखला लगायत चलचित्र छक्का पञ्जा लगायत दर्जनौ चलचित्रमा भूमिका निभाएका छन् । उनको मुन्दे्रको कमेडी क्लव समेत उत्तिकै चर्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close