एसियन यू–२२ बक्सिङमा मुक्केबाज सुस्माले जितिन् रजत

पोखरा स्पोर्टस । थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसिप २०२३ को फाइनलमा नेपाली मुक्केबाज सुस्मा तामाङले रजत पदक जितेकि छिन् ।

महिला तर्फ ४८ किलो तौल समुहको फाईनल खेलमा उज्वेकिस्तानी मुक्केबाज फोजिलोभा फरजोनासंग ५ः० अंकको आधारमा पराजित भएकी थिइन् । उनले क्वाटर फाईनलमा भेतनामकी क्यूनहानलाई ५ः० अंकको आधारमा जित हासिल गरिन भने सेमिफाईनल खेलमा मंगोलियाका प्रतिद्वन्दि बेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउण्डमा रेफ्रि स्टोप कन्टेस्ट (आरएससी) को आधारमा पराजित गर्दै नेपाली मुक्केबाज सुस्मा तामाङ फाईनल प्रबेश गरेकी थिईन ।

त्यसै गरी महिला ५७ किलो तौल समुहमा हेमा राईले सिंगापुरका खेलाडीलाई ५ः० अंकको आधारमा पराजित गर्दै सेमिफाईनलसम्मको यात्रा तय गरेकी थिईन भने उनी मंगोलियाका बत्तुर जोल्जारगलसंग ५ः० अंकको आधारमा र ७५ केजी तौल समुहमा क्रमशः र त्रिशा जवेगु काजिकिस्तानी एरजन गुल्सायसंग ५ः० अंकको आधारमा पराजय भोग्दै कास्य पदकमै सिमित रहेका थिईन् ।

मेडल तथा पुरस्कार बितरण समारोहमा थाईल्याण्डका लागि नेपाली राजदुत गणेश प्रसाद ढकाल, नेपाल बक्सिङ संघका सदस्य तथा प्रवक्ता अन्तर्राष्ट्रिय कोअडिनेटर श्यामकाजी अवाले समेतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close