अन्तर्राष्टिय भेट्रान टेबुल टेनिसमा नेपाललाई स्वर्ण

पोखरा स्पोर्टस । ओमानको मस्कटमा जारी २० औं बिश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३ मा नेपाललाई स्वर्ण पदक प्राप्त भएको छ ।

आज शनिबार सम्पन्न पुरुष ४५ बर्ष माथीको समूहमा नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडीले स्वर्ण जितेका हुन् । उनीहरुले भारतीय खेलाडी रजनिश खतवकर र अमृत अनिल मोदीको जोडीलाई ३–२ सेटले पराजित गर्दै स्वर्ण जिते ।

नेपाली जोडीले भारतीय जोडीलाई ११–७, ११–७, ८–११, ६–११ र ११–९ ले पराजित गर्दै स्वर्ण जितेको मस्कटबाट प्रशिक्षक अनिता महर्जनले जानकारी गराएकी छिन् ।

नेपाली खेलाडीहरुको हौसला अभिबृद्धि गर्नका लागि ओमानस्थित नेपाली राजदुत डोरनाथ अर्याल र नेपालीहरुको उपस्थिती रहेको खेलाडी दुलालले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close