एथलेटिक्सको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण सम्पन्न

पोखरा स्पोर्टस । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भएको एथलेटिक्स खेलको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको तालिममा बागमती प्रदेशका १३ जिल्लाका ५५ जना सहभागी थिए । साताव्यापी तालिममा सहभागीलाई एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ, कान्ति महतो, राजेश वज्राचार्य, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव युवराज लामा, दिवाकरलाल अमात्य, डा.ज्ञानेन्द्र शाहलगायतले विविध पक्ष बारे प्रशिक्षण दिएका थिए ।

बागमती प्रदेशले आफ्नै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजना गरेको तालिमका सहभागीलाई नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, आयोजक परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । सदस्य–सचिव भण्डारीले आगामी दिनमा अन्य खेलको पनि क्रमैसंग तालिम सञ्चालन गर्ने जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close