पोखरा म्याराथनलाई हरियो खर्क अस्पतालले सहयोग गर्ने

पोखरा स्पोर्टस । पोखरा म्याराथनलाई समुदायमा कार्यरत आइएनएफ द्वारा सञ्चालित पोखराको हरियो खर्क (ग्रिन पास्चर) अस्पतालले सहयोग गर्ने भएको छ ।

सन १९५२ मा नेपालमा सुरु भएको आइएनएफ द्वारा सञ्चालित पोखराको हरियो खर्क (ग्रिन पास्चर) अस्पतालले सहयोग गर्ने सम्वन्धमा बुधबार छलफल भएको हो । अस्पतालले विशेष गरी खेलाडीहरुको स्वास्थ्य सेवा, फिजियोथेरापी, खेलाडी सहभागिता लगायत अन्य विषयमा समेत सहयोगका लागि अघि सरेको नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताएका छन् ।

नेपालकै पुरानो सामाजिक संस्थाले आइएनएफ द्वारा सञ्चालित पोखरा १५ स्थित हरियो खर्क अस्पतालले पोखरा म्याराथनलाई सहयोग गर्न अघि सरेको जनाउँदै अध्यक्ष पराजुलीले अभार व्यक्त गरेका छन् । “आज हामीले पहिलो चरणको छलफल गरेका छौं । उहाँहरु पनि हामी जस्तै उत्साहित हुनुहुन्छ । पर्वको रुपमा रहेको पोखरा म्याराथनलाई सहयोग गर्न उहाँहरुको प्रतिवद्धताले हामीलाई थप उर्जा मिलेको छ ।”

पोखरा म्याराथन संग सहकार्यका लागि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुमा तामाङ, पार्टनरशिप एण्ड मार्केटिङ म्यानेजर नालोङ रोङगोङ, डा. जोशलगायत संग मञ्चको टोलीले छलफल गरेको थियो ।

सो अबसरमा मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुदका निवर्तमान सदस्य सचिब तेज बहादुर गुरुङ, द्वितिय उपाध्यक्ष खेम गुरुङ, कोषाध्यक्ष महेश पौडेलको सहभागिता रहेको थियो ।

१७ औं संस्करणको पोखरा म्याराथन यहि फागुन ६ गते पोखरामा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close