पोखरा म्याराथनलाई मुग्लान र हिमाअसको साथ

पोखरा स्पोर्टस । पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई पोखरामा ब्राण्डको रुपमा रहेको मुग्लान रेष्टुरेन्ट र हिमाअस एजुकेशन कन्सेन्टेल्सीले सहयोग गर्ने भएका छन् ।

सो बारे बुधबार भएको छलफलमा मुग्लान र हिमा असले सहयोग गर्ने भएको नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिएका हुन् । अस्ट्रेलिया र नेपालमा शाखा रहेको मुग्लान र अस्ट्रेलिया, नेपाल, भारत लगायतका मुलुकमा शाखा रहेको हिमा असले १७ औं संस्करणको पोखरा म्याराथनलाई ३ लाख सहयोग गर्ने भएको मञ्चका कोषाध्यक्ष महेश पौडेलले जानकारी दिए ।

सम्पन्न छलफल कार्यक्रममा मुग्लान र हिमा असका प्रवन्ध निर्देशक समेत रहेका राजमान थकालीले लामो समय देखि पोखरा म्याराथनमा सहयोग गर्दै आइरहेको र त्यसैको निरन्तरता रहेको बताए । उनले भने–“पोखरा म्याराथनले विश्वव्यापी रुपमा मान्यता पाइसकेको छ । यसले खेलकुद मार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्न र पोखरालाई चिनाउन थप सहयोग गरेको छ ।” थकाली सहारा क्लव अस्ट्रेलियाका अध्यक्ष समेत हुन् ।

सो अवसरमा मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुदका निर्वतमान सदस्य सचिव तेज गुरुङले सहयोग प्रति आभार व्यक्त गर्दै सबैको सहयोगले नै पोखरा म्याराथनको आकर्षण बढ्दै गएको उल्लेख गरे ।

कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, द्वितिय उपाध्यक्ष खेम गुरुङ, महासचिव कृष्ण तिमिल्सिना, मञ्चका सल्लाहकार महेश गुरुङलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close