
पोखरा स्पोर्टस/सुरज श्रेष्ठ । पोखरामा फुटबल खेल्न कै लागि चार करोड खर्चेर आएको विदेशी भुटनिज यूथ क्लव (बिवाइएसी) अमेरिकन टोली उपाधि नजिक पुगेको छ ।
पोखरामा जारी २२ औ आहा रारा पोखरा गोल्डकपको बिहिबार सम्पन्न भएको प्रतियोगितामा चर्चब्वाइजलाई १–० गोलले पराजित गर्देे उपाधि नजिक पुगेको हो ।

बिवाइएसील पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दे हेप्पि इन्डिङ्ग गरेको हो ।
खेलको ४७ औ मिनेटमा रोजिन प्रजापतिले गोल गर्दे बिवाइएसीलाई अग्रता दिलाएको थियो । उनलाई प्रविण बस्नेतले लेफ्ट फुटेट दिएको एअर बलाई हेड मार्फत गोल गरेका थिए ।
चर्चब्वाइजका डिफेन्डरहरुले डेड मानेको बललाई उनले लाइन नजिक बाट लेफ्ट फुटेट सुन्दर पासलाई रोजिनले गोलमा परिणत गरको हो ।
चर्चब्वाइज नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दे सेमिफाइनलको यात्रा तय गरेको थियो । बिवाइएसी भने सिधै क्वाटरफाइनमा प्रवेश गरेको टीम हो । बिवाइएसीले नेपालकै चर्चित मनाङ मर्स्याङदी फुटबल क्लबलाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको थियो ।
आजको हार संगै भर्खरै मात्रै ए डिभिजनमा उक्लेको चर्चब्वाइज राइजिङ फुटबल क्लब हो ।
खेलको २७ औ मिनेटमा विइलिसको पासमा राइनेले गरेको प्रहार चर्चब्वाइजका गोल किपरले संकट टारेको थियो ।
तस्बिरः योगेन श्रेष्ठ/पोखरा स्पोर्टस
