मदन भण्डारी स्पोर्टस एकेडेमीको १४ औं स्थापना दिवशको तयारी पुरा

पोखरा स्पोर्टस । मदन भण्डारी स्पोर्टस एकेडेमीको १४ औं स्थापना दिवशको तयारी पुरा भएको छ ।

स्थापना दिवशको अबसरमा काठमाण्डौको लैनचौरस्थित टेबुल टेनिस हलमा आइतबार आयोजना गर्न लागिएको कार्यक्रमको तयारी पुरा भएको एकेडेमीले जनाएको हो । एकेडेमीकी उपमहासचिव सुवर्ण केशरी श्रेष्ठले तयारी पुरा भएको जनाउँदै उक्त कार्यक्रमको प्रमुख आतिथ्यता एकेडेमीका संरक्षक तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको जानकारी दिएकी छन् । 

स्थापना दिवशको अवसरमा खेलकुदका विविध प्रदर्शनीहरुसहित, सम्मान कार्यक्रम र विविध सांस्कृतिक कार्यक्रमहरु समेत हुने उपमहासचिव श्रेष्ठले बताइन् । उनले भनिन–“हामीले स्थापना दिवशको भव्य तयारी पुरा गरेका छौं । स्थापना दिवशले नेपाली खेलाडी र खेलप्रेमीहरुलाई उत्साह जगाउन भूमिका खेल्ने छ ।” उनले कार्यक्रम उल्लासमय र भव्य बनाउन कुनै कसर बाँकी नराखिएको बताइन् ।

सो कार्यक्रममा ७१ औं मदन जयन्तीका अवसरमा गत असारमा सम्पन्न विविध खेलकुद कार्यक्रमहरुका लागि सहयोग गर्नेहरुलाई समेत सम्मान गर्न लागिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जनाएका छन् । कार्यक्रम बिहान १० बजे सुरु हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close