बंगालादेश जाने एथलेटिक्स टोलीको पोखराबाट बिदाई

पोखरा स्पोर्टस । बंगालादेश जाने एथलेटिक्स टोलीलाई शनिबार विदाई गरिएको छ ।

बंगालादेशको राजधानी ढाकामा आयोजना हुने ‘पाँचौ आमन्त्रण बिकेएसपी कप एथलिट्स च्याम्पियनसिप २०२२’ मा सहभागी हुन टोली आज काठमाडौंतर्फ प्रस्थान गरेको हो । यहि दिसेम्वर १३ देखि १५ तारिख सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै गण्डकी प्रदेशका दुई खेलाडी सहित एक अफिसियलको सहभागिता रहेको नेपाल एथलेटिक्स संघका केन्द्रिय सदस्य गज बहादुर गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

प्रतियोगिता अन्तर्गत हुने १७ वर्ष मुनीको उक्त प्रतियोगितामा गण्डकी प्रदेशका ऋषी बहादुर कुमाल र सिमा श्रेष्ठको सहभागिता हुनेछ भने टिम अफिसियलमा सिद्धान्त अधिकारी रहेका छन् । सिमा भने यस अघि नै थप प्रशिक्षणका लागि काठमाण्डौमा नै रहेकी छन् ।

उक्त प्रतियोगिता अन्तर्गत नेपालबाट सात खेलाडी एक प्रशिक्षक र दुई जना अफिसियलसहित १० जनाको टोली बंगालादेश जाने कार्यक्रम तय भएको छ । नेपाली टोली आइतबार राजधानीबाट ढाका प्रस्थान गर्नेछ । 

बंगालादेश हिंडेको टोलीलाई केन्द्रिय सदस्य गुरुङ सहित कास्की बक्सिङका सन्तोष थापा, कास्की एथलेटिक्स संघका सदस्य सञ्जिव काफ्लेले विदाई गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close