ओ.सी.ए सेमिनारमा सहभागी बक्सिङ टोली स्वदेश फर्कियो

पोखरा स्पोर्टस । उज्वेकिस्तानको तास्कन सहरमा आयोजित ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)मा सहभागि नेपाली बक्सिङ प्राविधिक टोली स्वदेश फर्किएको छ ।

गत नोभेम्बर ३–७, २०२२ सम्म भएको रेफ्री र प्रशिक्षक सेमिनार ओसीए स्टेज–२ खेलकुद विकास कार्यक्रम सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किएको टोलीलाई नेपाल बक्सिङ संघले स्वागत गरेको हो । टोलीमा अन्तर्रास्ट्रिय वान स्टार रेफ्रि रामचन्द्र थापामगर, धनकुमार मैनाली प्रशिक्षक आईवा थ्री स्टार कोच दिपक महर्जन, राष्ट्रिय प्रक्षिक्षक कृष्णा सुनार रहेका थिए ।

ओलम्पिक काउन्सिल अफ एशियाद्वारा आयोजित उक्त सेमिनार सफलतापूर्वक सम्पन्न गरि फर्केका आइवा थ्री स्टार प्रशिक्षक दीपक महर्जन, राष्ट्रिय प्रशिक्षक कृष्ण सुनार र आइबा वान स्टार रिफ्री रामचन्द्र थापा मगर र धनकुमार मैनालीलाई नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवाले, केन्द्रीय सदस्य मान बहादुर भण्डारी, आईबा वान स्टार रेफ्रि ताराराम श्रेष्ठ, राष्ट्रिय रेफ्रि/जज सुवर्ण सापकोटा लगाएतका टोलिले स्वागत गर्दै बधाई ज्ञापन गरेको छ ।

उक्त अन्तर्राष्ट्रिय सेमीनारमा सहभागिता जनाउन नेपाल ओलम्पिक कमिटीले गरेको महत्त्वपूर्ण सहयोगका लागि नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले हार्दिक आभार व्यक्त गरेका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close