
पोखरा स्पोर्टस । भण्डारढिकस्थित गण्डकी बहुप्राविधिक शिक्षालयको सेमेस्टर स्तरिय मैत्रीपुर्ण भलिवल प्रतियोगिता र १०० मि. दौड प्रतियोगिता सम्पन्न भएको छ ।
शिक्षालयमा अध्ययनरत सिभिल, अटोमोवाइल र जियोमेटिक्स इन्जिनियरिङ्ग प्रथम, दोस्रो र चौथो सेमेस्टर विचमा आयोजना भएको मैत्रीपुर्ण भलिवल प्रतियोगिता सम्पन्न भएको हो । अतिरिक्त क्रियाकलाप अन्तर्गत तीन दिन सञ्चालन भएको प्रतियोगितामा दोस्रो र तेस्रो चरण गरी प्रतियोगिताहरु सम्पन्न भएका हुन ।
कार्यक्रममा पहिलो सेमेष्टरदेखि चौथो सेमेष्टरका विद्यार्थीहरूको सहभागिता रहेको शिक्षालयका शैक्षिक प्रमुख सरोज अधिकारीले जानकारी गराएका छन् । कुल १९ जना प्रतिस्पर्धी रहेको १०० मिटर महिला तर्फको दौड प्रतियोगितामा ममिता वि.क.ले प्रथम स्थान प्राप्त गरेकी छन् भने पुरुष तर्फ सुर्यमान गुरुङ्गले प्रथम स्थान हासिल गरे ।
त्यसैगरी मैत्रीपुर्ण भलिवल प्रतियोगितामा प्रथम वर्ष दोस्रो सेमेस्टरको टिम प्रथम भयो भने प्रतियोगिताको उत्कृष्ट खेलाडी विधान आचार्य र उत्कृष्ट स्पाइकर प्रदिप सुवेदी भएका थिए ।
समापन कार्यक्रममा बोल्दै शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले पनि आफूलाई वौद्धिक र शारिरीक रुपमा सक्षम बनाउदै आफ्नो व्यक्तित्व विकास गर्दै लैजानुपर्ने धारणा राखे ।
