सहारा युकेकी ‘फष्ट् लेडी’ पन्च गुरुङ ‘तमु धि आदर्श’ बाट सम्मानित

पोखरा स्पोर्टस । खेलकुद र सामाजिक क्षेत्रमा कृयाशिल संस्था सहारा युकेकी \फष्ट् लेडी’ पन्च गुरुङ तमु धि युके आदर्श सम्मानबाट सम्मानित हुनु भएको छ ।

सहारा क्लव पोखराको भातृ संस्थाको रुपमा युकेमा छुटटै पहिचान बनाउन सफल सहारा युकेकी फष्ट् लेडी पन्चलाई खेलकुद र सामाजिक क्षेत्रमा निरन्तर सहयोग र योगदानका लागि सम्मान गरेको हो । तमु धि युकेले शनिबार युकेमा आयोजित ‘च्यारिटी डिनर’ मा उक्त सम्मान प्रदान गरेको हो । सहारा युकेका अध्यक्ष ले.रि कुसाङ गुरुङकी धर्मपत्नी उहां चार भन्ज्याङ्ग तमु समाज, क्याम्बर्ली नेपाली समाज, माइती समाज सोंपाल र तमुधीं यू.के.मा उहां संलग्न रहनु भएको छ ।

तमु धि आदर्श २०२२ बाट पाँच जना सम्मानित भएका छन् । सम्मानित हुने सबै सहारा युके संग आवद्ध छन् । तमु धि आदर्श सम्मानबाट सम्मानित हुनेमा सहारा युकेका पूर्व सल्लाहकार तथा आजिवन सदस्य कृष्ण गुरुङ, सल्लाहकार एवम बगर भाई खलक यूकेका अध्यक्ष दिलरास गुरुङ, कार्यकारी सदस्य एवम फोटो पत्रकार मिलन गुरुङ, सहारा एफसीका सिइओ क्या. पिताम्वर गुरुङ रहेका छन् ।

विदेशमा रहेर समेत खेलकुद र सामाजिक क्षेत्रमा कृयाशिल सम्मानित व्यक्तित्व पन्चको जिवनी

गण्डकी प्रदेश स्यांङजा जिल्ला वडा नं ८ वांगे अत्यन्त रमणिय र मनमोहक गाउंको नाम हो बांगे यही रमणीय गाउंमा घरजम गरी एउटा आदर्श परिवारलाइ नेतृत्व गरी बस्नु भएको कुइन्स गोर्खा इन्जिनियरर्सका भूतपूर्व लाहुरे आदरणिय बखत बहादुर गुरुङ्ग र उहांलाइ जीवन भर हरेक सुख दुःखमा सहयोग गर्ने वाचा गरेकी उहांकी जीवन संगिनी हुनुहुन्थ्यो,  बिष्णु माया गुरुङ ।

सोहि परिवारको घर आगनमा एक तेस्रो सन्तान र दोस्रो सुपुत्रिको पदार्पण भयो । र उनै सुपुत्रिको नाम राखियो पन्च गुरुङ्ग । माता पिताको वात्साल्यता, दाइ दिदीहरुको प्रेम र स्याहार सुसारले गर्दा दिन दुगुनी रात चौगुनी दरमा उहां बढ्दै गै ताते ताते बाट शुरु गरी दौंडदै श्री मैदान माध्यामिक विद्यालय बागें, स्यांग्जा बाट प्रारंभिक शिक्षा हासिल गर्नु भयो र पछी श्री देवकोटा माध्यामिक विद्यालय बाट आफ्नो माध्यामिक शिक्षा पुरा गर्नु भयो । यसै बेला तिर अर्थात सन १९८६ डिसेम्बर मा अधिकांस नेपाली नारीहरुको नियती भन्नु पर्दछ, जो पराय घरका नासो हुन्छन । उहां चार भन्ज्याङ्गका श्री दिल बहादुर गुरुङ्ग र श्रीमति धन्सिरी गुरुङ्गका बेलायती सेनामा कार्यरत जेष्ठ सुपुत्र ले. रि. कुसाङ्ग कुमार गुरुङ्गसंग प्रणय सुत्रमा बांधिनु भयो । अब उप्रान्त उहां एक असल छोरी बाट आफुलाइ एक असल बुहारीको रुपमा परिणत गर्नु पर्ने बाध्यता बाट गुज्रिनु परयो ।

समयक्रममा उहां एक सुपुत्र र एक सुपुत्रिका माता पनि हुन भयो र अब एक छोरी र एक बुहारी मात्र नभएर एक ममतामयी आमाको भूमिकामा पनि आफुलाइ ढाल्नु भयो । सन १९९० मा उहां श्रीमान संगै हंगकंग पुग्नु भयो । बुहार्तन संग संगै अत्यन्तै सहज र सरल तरिकाले छोरा–छोरीको लालन-पालन गर्नु भयो । हंगकंगमा हुंदा उहांका किर्तिमानी श्रीमानले खेलकूदमा अनकौं विश्व किर्तिमान राख्दै देश बिदेश भ्रमणमा रहंदा आमाको भूमिका पूर्ण रुपमा निभाउनु भयो र श्रीमानलाइ चिन्तामुक्त वातावरणमा प्रतिस्पर्धा गर्न उत्प्रेरणा दिइ रहनुभयो । श्रीमानले गर्नु भएको हरेक उपलब्धीमा उहांले अहम भूमिक निभाउनु भएको छ ।

श्रीमानको उन्नति र पद्दोनतिमा हातेमालो गर्दै उहां सन १९९८ मा पहिलो पटक बेलायत आउनु भयो । तत्पश्चात उहां बेलायतमा नै रही आउनु भएको छ ।

श्रीमानको अवकाश पछी श्रीमान संगै बिभिन्न संघ संस्थामा परोपकारी कार्यमा लागी रह्नु भएको छ । विशेषगरी उहां चार भन्ज्याङ्ग तमु समाज, क्याम्बर्ली नेपाली समाज, माइती समाज बांगे र तमुधीं यू. के.मा उहां संलग्न हुनु भएको छ भने हाल तमुधीं यू के का सल्लाहकार तथा आदर्श तमु श्रीमान लेप्टेन रिटायर्ड कुसांग कुमार गुरुङ्ग सहारा यू .के. जस्तो गरिमामय संस्थाको अध्यक्ष हुनु भएको हुनाले हाल उहां सहारा यू के. मा प्रथम महिलाको अभिभारा पनि लिनु भएको छ ।

हाल उहां श्रीमान ले. कुसाङ्ग गुरुङ्ग , छोरा कुन्जन, छोरी प्रिप्ती, बुहारी लीली, नातीनि इलिया, आइबी र नाती कायाल सहित सुखका साथ क्याम्बर्लीमा रहंदै आउनु भएको छ । फुर्सदको समयमा उहां समाज सेवा बाहेक गार्डेनिङ गर्ने र ब्याडमिन्टन खेल्न रुचाउनु हुन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close