कास्की जिल्ला टेनिसद्वारा पदकधारी खेलाडीहरुलाई नगदसहित सम्मान

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडीहरुलाई कास्की जिल्ला टेनिस संघले एक कार्यक्रमका विच नगद सहित सम्मान गरेको छ ।

पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले इतिहास रच्दै ३ स्वर्ण पदक जितेको खुसियालीमा खेलाडीहरुलाई सम्मान गरेको हो । खेलाडी हरुलाई एक कार्यक्रम गरि नगद सहित सम्मानको कार्यक्रम गरिएको संघका सचिव नविन श्रेष्ठले जानकारी दिएका छन् ।

संघले राष्ट्रिय प्रतियोगितामा तिन स्वर्ण पदक प्राप्त गर्ने खेलाडी प्रदिप खड्का लाई नगद रु२० हजार, २ स्वर्ण १ रजत पदक हासिल गरेका खेलाडी अनिल साईलाई रु १२ हजार र एक स्वर्ण र एक रजत हासिल गरेको खेलाडी आशिष् खड्का र सौगात बि.क.लाई जनही रु ७­/७ हजार तथा एक रजत पदक हासिल गरेका बिबेक मगर लाई रु ५ हजार तथा एक रजत हासिल गरेकी प्रीति बराललाई रु २ हजार र प्रशिक्षक निरज थापा लाई रु ५ हजार नगद सहित सम्मान गरेको हो ।

त्यस्तै कास्की जिल्लाकै अग्रज टेनिस खेलाडी हरुले पनि पदक हासिल गरेको खेलाडी हरुलाई नगद सहित सम्मान गरेका छन् । जस अनुसार समीर शेरचनले प्रदिप खड्का लाई नगद रु २५ हजार र अन्य ४ जना पुरुष खेलाडी अनिल साई आशिष् खड्का सौगात बिक र बिबेक मगर लाई जनही रु ५/५ हजार नगद सहित सम्मान गरेका थिए ।

त्यस्तै अग्रज टेनिस खेलाडी अनुज बास्तोलाले आफ्ना छोरा अभिषेक बास्तोलाको नाममा बिजेता खेलाडी प्रदीप खड्का लाई रु ३० हजार,अनिल साई लाई रु १५ हजार तथा आशिष् खड्का, सौगात बिक बिबेक मगर र पृती बराल लाई जनही रु ५ हजार नगद सहित सम्मान गरे । अभिषेक अन्तर्राष्ट्रिय टेनिस खेलाडी समेत् हुन् ।

त्यस्तै अग्रज टेनिस खेलाडी राजेन्द्र प्रसाद घिमिरेले नेपालका नं १ टेनिस खेलाडी प्रदिप खड्का लाई नगद १० हजार सहित सम्मान गरे भने अर्का अग्रज खेलाडी हर्क गुरुङले समेत पाँच जना जना बिजेता खेलाडीलाई नगद सहित सम्मान गरे । अग्रज टेनिस खेलाडी बिकास गुरुङ्गले खेलाडीहरुको प्रोत्सहानका लागि नगद रु५ हजार बराबरको फुड कुपन वितरण गरेका थिए ।

सोही सम्मान कार्यक्रममा नेपाल टेनिस संघको केन्द्रिय उपाध्यक्ष तथा कास्की जिल्ला टेनिस संघको सस्थापक अध्यक्ष बिनोद कायस्थ र सिनियर टेनिस प्रशिक्षक अनु जोनले खेलाडीहरुको सम्मानमा रात्री भोजको समेत आयोजना गरेका थिए । कार्यक्रममा सल्लाहकारहरु गोपि भट्टराई, बसन्त प्रधान, सुर्य भुजेल, संघका उपाध्यक्ष द्वय राजु गुरुङ्ग, नबिन चालिसे, सस्थापक अध्यक्ष कायस्थ, संघका अध्यक्ष लोक गुरुङले बधाई ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close