कबड्डी महिलामा आर्मीलाई स्वर्ण, पुलिसलाई रजत

पोखरा स्पोर्टस । कबड्डीमा महिलातर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजेता बन्दै स्वर्ण पदक जित्न सफल भएको छ ।

बिहीबार भएको अन्तिम प्रतिस्पर्धामा नेपाल पुलिसलाई ३०–२३ अंकले पराजित गर्दै आर्मीले स्वर्ण जित्न सफल भएको हो । प्रतियोगिताको उपविजेता बनेको पुलिसले रजत पदक जितेको छ ।

प्रतियोगितामा महिलातर्फ लुम्बिनी र एपीएफ काँस्य पदक जित्न सफल भए । आर्मी सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि महिला तथा पुरुष दुवै समुहमा स्वर्ण विजेता हो ।

असोज ३० गतेदेखि जारी प्रतियोगितामा महिला तथा पुरुषमा गरी सात प्रदेश र ३ विभागीय गरी १०– १० टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close