आइटिएफले गण्डकीको खेल पर्यटनलाई पनि उजागर गर्नेछ–ःप्रशिक्षक घर्तीमगर

पोखरा स्पोर्टस । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि बागलुङमा आइटिएफ तेक्वान्दो प्रतियोगिता हुदै छ । यस पटक बागलुङमा हुने उक्त प्रतियोगताले प्रदेशलाई सबै भन्दा धेरै पदक दिलाउने लक्ष्य रहेको गण्डकी प्रदेशका प्रशिक्षक आकाशचन्द्र घर्तीमगरले बताएका छन् ।

बागलुङमा आयोजना गरिएको यो प्रतियोगिताले गण्डकीलाई पदक दिलाउनुका साथै बागलुङको खेल पर्यटन समेत प्रवद्र्धन हुने प्रशिक्षक घर्तीमगरले विश्वास व्यक्त गरे । “बागलुङ खेलाडीको उर्वर जिल्लाको रुपमा परिचित छ,” उनले भने,“खेलाडीहरुको जिल्लामा संयोगवस यसपटक यो प्रतियोगता गर्न पाउनु सम्पुर्ण बागलुङवासीहरुको लागि सुखद पक्ष हो ।”उनका अनुसार गण्डकीबाट आईटिएफ तेक्वान्दोमा छानिएका २५ जना खेलाडी मध्ये १७ जना बागलुङकै खेलाडी परेका छन् । जिल्लामा आईटिएफ स्थापना भएको करिब दुई दशकको समयमा सबैभन्दा बढी ब्ल्याक वेल्ट प्राप्त खेलाडी उत्पादन हुनाका साथै राष्ट्रिय स्तरमै वर्ष खेलाडीका रुपमा बागलुङकै खेलाडी घोषित भएका छन् ।

गण्डकी प्रदेशबाट प्रतिस्पर्धा गर्नको लागि छनौटमा परेको खेलाडीहरु करिव ३ हप्ता पोखरामा क्लोज क्याम्पमा सकेर आज बागलुङ पुगेका छन् । विभिन्न प्रतियोगितामा प्रदेशलाई कुनै न कुनै पदक दिलाउने गरिएको भएता पनि प्रदेशको कुनैपनि स्थानमा आईटिएफ तेक्वान्दोको आफ्नै प्रशिक्षण हल नभएकोले खलाडीहरुलाई समस्या परेको उनले गुनासो गरे । “विगतमा भएका विभिन्न प्रतियोगिताहरुमा यो खेलले प्रदेशलाई कुनै न कुनै पदक दिएकोले प्रदेश खेलकुद परिषदले पनि यस पटक हामीमाथी आशा गरेको छ”, उनले भने, “तर प्रदेशमा हाम्रो आफ्नै हल नहुदा निकै समस्याका बावजुद क्लोजक्याम्प सम्पन्न गर्न परेको थियो ।”

उनका अनुसार हल अभावका कारण अरु खेलको हलहरुमा खेलाडीहरुलाई प्रशिक्षण गर्नुपरेको थियो भने खेलका लागि आवश्यक सामाग्री समेतको अभाव झेल्नुपरेको थियो । सोचे अनुसार सुविधायुक्त तििरकाले खेलाडीहरुलाई प्रशिक्षण गराउन नपाएपनि प्रशिक्षकको हैसियतले आफ्नो तर्फबाट र प्रदेश खेलकुद परिषदको तर्फबाट सक्दो सुविधायुक्त बनाउन प्रयास गरिएको उनको भनाई छ । “खेलाडीहरुलाई आवस सुविधा देखि खानपिनको व्यवस्था राम्रो नै भएको थियो तर हल र आवश्यक सामाग्रीे अभाव झेल्नुपरेको थियो ।

प्रशिक्षक घर्तीमगरले प्रतियोगितामा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनमा प्रतिस्पर्धा हुने बताए । विभिन्न उमेर र तौल समूहका खेलाडीले खेलमा प्रतिस्पर्धा गर्नेछन् भने हरेक टिमबाट २५ खेलाडीले प्रतियोगिता खेल्नेछन् । आइटिएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । कात्तिक २ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका गरी दुई सय ५० खेलाडीले भाग लिनेछन् । खेलाडीसहित ४५ रेफ्री, प्रत्येक टिमका प्रशिक्षक, अफिसियल, प्राविधिकलगायत गरी झण्डै तीन सय ५० जना प्रतियोगितामा सहभागी हुनेछन् ।

यस पटक प्रदेशलाई कम्तिमा ९÷ १० स्वर्ण पदक दिलाएउने लक्ष्य रहेको उनले बताए । उनका अनुसार आईटिएफ तेक्वान्दोले आठौ राष्ट्रिय खेल्कुद प्रतियोगितामा प्रदेशलाई १ स्वण,८ रजत र २ काश्य दिलाउन सफल भएको थियो भने सातौ राष्ट्रिय खेल्कुद प्रतियोगितामा ३ स्वर्ण ,१० रजत र ३ काश्य प्राप्त भएको थियो ।

सदरमुकामस्थित बाङ्गेचौर कर्भडहलमा सञ्चालन हुने सो खेलका लागि पूर्वाधार र व्यवस्थापकीय अवस्था तयारी अवस्थामा छन् । खेलस्थल सुधार, सामग्री व्यवस्थापन, साजसज्जादेखि खेलाडी, प्राविधिकलाई आवाससम्मको प्रबन्ध भइसकेको आइटिएफ तेक्वान्दोका केन्द्रीय सचिव एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए । उनका अनुसार शनिबार मध्याह्न विशेष समारोहमा प्रतियोगिता शुभारम्भ गरिनेछ । त्यसअघि सांस्कृतिक झाँकी, बाजागाजासहित खेलाडी, प्राविधिक, आयोजक र खेलप्रेमी सम्मिलित ¥यालीले बागलुङ बजार परिक्रमा गर्नेछ ।

“उद्घाटन समारोहलाई भव्य र आकर्षक बनाउने तयारीमा छौँ, जिल्लाको पहिचान झल्काउने झाँकी तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिनेछ”, नगरउपप्रमुख खड्काले भने, “जिल्लामा पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेकाले यो हाम्रा लागि गौरव र आत्मसम्मानको विषय हो ।”जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष लोकेन्द्र केसीले प्रतियोगिताले खेलसँगै जिल्लाको पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने बताए ।

खेलाडीलाई नजिकका गन्तव्यस्थल घुमाउन समितिले सहजीकरण गर्ने उनको भनाइ छ । “राष्ट्रिय खेलकुदअन्तर्गतको प्रतियोगिता बागलुङमा आयोजना हुनु हाम्रा लागि महत्वको विषय हो, व्यवस्थापन र आतिथ्यतामा जिल्लाले कुशलता देखाउने मौका आएको छ”, उपाध्यक्ष केसीले भने, “देशभरबाट खेलाडी आउँदा जिल्लाको चिनारी बढ्छ, आन्तरिक पर्यटन प्रवद्र्धन हुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close