मदन भण्डारी स्पोर्टस एकेडेमीद्वारा फेन्सिङलाई ५० हजार सहयोग

पोखरा स्पोर्टस । मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रिय उपाध्यक्ष राजेश कुमार गुरुङले कास्की जिल्ला फेन्सिङ संघलाई नगद ५० हजार सहयोग गरेका छन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व सन्ध्यामा राखेपका सदस्य समेत रहेका गुरुङले उक्त सहयोग गरेका हुन् । नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटेको कास्की फेन्सिङ संघले खेल सामाग्री जुटाउन सामाजिक सञ्जालमा आह्वान गरे संगै आफूले उक्त सहयोग गरेको उपाध्यक्ष गुरुङले बताए । “एकेडेमीले समस्यामा रहेका खेलाडीलाई सहयोग गर्ने कुरामा होस वा सुनको मेडल प्रदान गरेर राष्ट्रका लागि पदक जित्ने खेलाडीलाई सम्मान गर्ने कुरामा हामी यसलाई निरन्तर जारी राख्नेछौं ।” उनले स्मरण गर्दै भने–“विगतमा साग पदक विजेता बक्सिङका खेलाडीलाई सुनको मेडल दिएर सम्मान गरेका थियौं ।”

यस अघि फुलकन्ट्याक कराँते का खेलाडीहरूलाई रू ४० हजार बराबरको खेल सामाग्री समेत प्रदान गरिएको र घाईते तथा उपचार गराईरहेका खेलाडी हरूलाई पनि आर्थिक सहयोग प्रदान गरिएको उपाध्यक्ष गुरुङले बताए ।

नवौं राष्ट्रियको पूवै सन्ध्यामा खेलाडीहरुलाई सहयोग उठाएर भए पनि खेल सामाग्री जुटाउन पाउँदा निकै गर्वको महशुस भएको बताउँदै कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष बिजय शाहीले मदन भण्डारी स्पोर्टस एकेडेमीबाट यस्तो सहयोग पाउनु आफ्नो टिमका लागि थप हौसला मिलेको बताए । उनले भने–“सामाग्री जुटाउन निकै गार्हो विषय थियो । अहिले सहयोगी मनहरुबाट हामीले धेरै हौसला पाएका छौं । पोखरा स्पोर्टसमार्फत हामी सहयोगी मनहरुलाई आभार व्यक्त गर्न चाहन्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close