प्रदेश खेलकुद परिषद गण्डकीमा ९ जना सल्लाहकार मनोनयन

पोखरा  स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले ९ जनालाई सल्लाहकारमा मनोनयन गरेको छ ।

प्रदेश खेलकुद विकास नियमावली २०७८ को नियम ३(ज) बमोजिम उनीहरुलाई मनोनयन गरिएको परिषदले जनाएको छ ।  गत भदौ ८ गते यूवा तथा खेलकुद मन्त्री तथा परिषदका अध्यक्ष समेत रहेका राजिव गुरुङको अध्यक्षतमा सम्पन्न वोर्ड बैठकले उनीहरुलाई मनोनयन गरेको परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले जनाएका छन् ।

परिषदको सल्लाहकारमा मनोनयन हुनेहरुमा खड्ग बहादुर रानाभाट (कास्की), गणेश बहादुर भट्टराई (कास्की), देवेन्द्र शेरचन (कास्की), इन्द्र बहादुर गुरुङ (गोरखा), सम्पन्न श्रेष्ठ (बागलुङ), महेश गुरुङ (कास्की), सुनिल गुरुङ (कास्की), दिनेश श्रेष्ठ (कास्की) र ओम बस्नेत (कास्की) रहेका छन् ।

मनोनयनमा पर्ने रानाभाट राखेपका पूर्व वोर्ड सदस्य हुन भने भट्टराई बक्सिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी संगै पर्यटन व्यवसायी समेत हुन् । त्यसै गरी शेरचन नेपाल लोकतन्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष हुन् । मनोनयनमा परेका गोरखाका गुरुङ मेटिभेटर संगै नेपाल ओलम्पिक कमिटी साइकोलोजी कमिसनका संयोजक हुन् ।

बागलुङका सम्पन्न श्रेष्ठले यस अघि पश्चिमाञ्चल क्षेत्रिय खेलकुदको अध्यक्ष संगै राखेपको वोर्ड सदस्य समेत रहेर नेतृत्व गरिसकेका छन् भने कास्कीका सुनिल  गुरुङ क्षेत्रिय खेलकुदको पूर्व उपाध्यक्ष हुन् । यसै गरी कास्कीका दिनेश श्रेष्ठ फुटबलका पूर्व राष्ट्रिय खेलाडी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close