नवौं राष्ट्रिय खेलकुद : वुद्धिचाल प्रतियोगिता गोरखामा हुने

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत वुद्धिचाल प्रतियोगिता गोरखा जिल्लामा हुने भएको छ ।

आगामी असोड २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद अन्तरगत वुद्धिचाल गोरखामा गरिने अन्तिम टुङ्गो लागेको हो । वुद्धिचाल प्रतियोगिता गोरखाको गोरखा क्याम्पसमा गरिने करिव तय भएको वुद्धिचाल संघका केन्द्रिय सचिव तथा अन्तर्राष्ट्रिय आर्विरेटर उमेश केसीले जानकारी दिएका छन् । उनले भने–“हामीले वुद्धिचालका लागि पोखरा लगायत धेरै उपयुक्त ठाउँहरुको खोजी गर्‍यौं । अन्तिममा हामीले गोरखा क्याम्पसलाई खेलस्थलका रुपमा छनोट गरेका छौं । त्यसको अन्तिम निर्णय भने खेलस्थल व्यवस्थापन उपसमिति र राखेपले गर्नेछ ।”

असोज २८ देखि सुरु भई कार्तिक ३ गते सम्म एक साता चल्ने वुद्धिचाल प्रतियोगितामा सात प्रदेश, तिन विभागिय टोली र गैर आवाशिय नेपाली संघ (एनआरएनए) टिम गरी ११ टिमले सहभागिता जनाउने केसीले जनाए । प्रतियोगितामा हरेक टिमबाट ३ महिला र ३ पुरुष गरी कुल ६६ जना तथा नेपालका नेशनल च्याम्पियिन पुरुषतर्फका पुरुषोत्तम चौलागाई, महिला राष्ट्रिय च्याम्पियन तथा उच्च वरियता खेलाडी सुजना लोहनीसहित उच्च वरियताका पुरुष खेलाडी  विबेक थिङ्ग गरी कुल ६९ जना खेलाडीहरुको सहभागिता हुनेछ ।

राखेपले भदौ १५ सम्म सम्पूर्ण खेलस्थहरुको टुङ्गो लगाउने जनाउ पनि अझै सम्म निर्णयमा भने पुग्न सकेको छैन । खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङ र उपसमितिका सचिव कृष्ण तिमिल्सिनाले खेलस्थलको विवरण राखेपमा पठाइसकेको पोखरा स्पोर्टसलाई बताए । राखेपले भने खेलस्थलको टुङ्गो अझै २/३ लाग्ने जनाएको छ । खेलस्थलको टुङ्गो लाग्न नसक्दा नवौं राष्ट्रिय खेलकुद अझै अन्योलमा छ भने निर्माण गरिनु पर्र्ने पूर्वाधारहरुको बारेमा समेत राखेप अझै मौन नै वसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close