
पोखरा स्पोर्टस । पोखरा २५ हेमजामा ‘प्रथम स्व. नरसिङ स्मृती कप फाइभ ए साइड खुला फुटवल प्रतियोगीता’ हुने भएको छ ।
“युवा एकता तथा स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराको साथ विजया दशमी तथा शुभ दिपावलिको अवसरमा उक्त प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगिता आर.एस क्लवको आयोजनामा आगामी असोज १३ गते देखि १८ गते सम्म हुने भएको छ ।
जिल्लाको क्लब, संघ संस्था तथा युवाहरुलाई खेल मार्फत भातृत्व, एकता कायम राख्न र वडा दशैको शुभकामना आदन प्रदान गर्ने उदेश्यले यस खेल संञ्चालन गर्न लागिएको आर.एस फुटवल क्लवले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमले नगद ५० हजार, उपविजेताले नगद २५ हजारका साथमा विभिन्न विद्यामा पुरस्कार वितरण गरिने क्लवले जनाएको छ ।
