बागमती प्रदेश फेन्सिङ्गको खेलाडी छनोट सम्पन्न

पोखरा स्पोर्टस । गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका २४ फेन्सिङ्ग खेलाडीको छनौट सम्पन्न भएको छ ।

काठमाण्डौ फेन्सिङ्ग एकेडेमीमा भएको छनौट प्रतियोगिताबाट पुरुष तर्फ १२ र महिला तर्फ १२ गरि कुल २४ खेलाडी छनौट गरिएको संघका महासचिव सुजनलाल श्रेष्ठले बताएका हुन् ।

पुरुष फोयल ईभेन्टमा संजीप लामा, नारायण गौतम, पुरुषोत्तम खत्री, आर्यन कार्की रहेका छन् । ईपीमा ओमकार सिंह, भिष्मराज दाहाल, राहुल दर्शन र गगन राई तथा सावर ईभेन्ट्समा पायष योञ्जन, सोयबमान श्रेष्ठ, अमिर रायमाझी र साश्वत परियार छनौट भएको संघले जनाएको छ ।

यस्तै महिलाको फोयल तर्फ सुजाता कुँवर, गोमा आचार्य, संगिता लम्साल र अश्मिता घिसिङ्ग रहेका छन् । यसैगरि ईपी तर्फ उषा खड्का, अलिषा अधिकारी, करुणा खड्का र पेमा योञ्जन तथा सावरमा शिक्षा नापित, सोफिया चन्द, बिनिता कार्की र आकी प्रजापती रहेका छन् ।

छनौट भएका खेलाडीहरुलाई बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री माननिय रत्न प्रसाद ढकालले प्रमाण पत्र वितरण गरेका थिए । समापन कार्यक्रममा बागमती प्रदेश सदस्य सचिव सूर्यलाल भण्डारी, नेपाल फेन्सिङ्ग संघका अध्यक्ष सुनिल कुमार श्रेष्ठ, महासचिव सुजन लाल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close