
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश छनोट अन्तर्गत रग्वी प्रतियोगितामा गोर्खा जिल्ला कास्की जिल्लालाइ २ ट्राइ र १ कन्भर्जन हानि १२–० को स्कोरले पराजित गरी च्याम्पियन भयो ।
पोखरा–२९, भण्डारढिक स्थित नेपाल आदर्श आवासिय माध्यामिक विद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा तनहुँ जिल्लाले नवलपुरलाइ २ ट्राइ र १ कन्भर्जन प्रहार गरी १२ स्कोर प्राप्त गरी तृतिय स्थान प्राप्त गर्दा नवलपुरले १ ट्राइ गरी ५ स्कोर गरी स्कोर बिहिन रह्यो ।
सेमि फाइनल खेलमा कास्कीले नवलपुरलाइ २ ट्राइ र १ कन्भर्जन प्रहार गरी १२ स्कोर बनाउँदा नवलपुरले १ ट्राइ र १ कन्भर्जन सहित ७ स्कोरमा चित्त बुझायो । दोस्रो सेमिफाइनल खेलमा गोर्खाले तनहुँलाइ ५ ट्राइ र ३ कन्भर्जन प्रहार गरी ३१–० स्कोरमा स्तब्ध बनायो । एक मात्र क्वाटर फाइनल खेलमा तनहुँले स्याङ्जालाइ ५ ट्राइ र ३ कन्भर्जन प्रहार गरी ३१–० स्कोरमा स्तब्ध बनायो ।
रग्वी खेल प्रतियोगिता लाइ व्यवस्थापन संयोजक बासु जि.सी र प्रशिक्षक बिराट श्रेष्ठले गरेका थिए ।
