नेपाल बक्सिङ संघले मनायो ‘अन्तर्राष्ट्रिय बक्सिङ डे’

पोखरा स्पोर्टस । नेपाल बक्सिङ संघले बक्सिङ खेल विकास र विस्तार सम्बन्धि विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय बक्सिङ डे (२७ अगष्ट २०२२) मनाएको छ ।

सन् १९७४ अगस्त महिनामा क्युवाको हवानामा आयोजित प्रथम आईवा वल्र्ड बक्सिङ्ग च्याम्पियनशिप को अवसरलाई स्मरणस्वरुप संसारभर हरेक वर्ष २०१७ जुलाई २२ तरिखलाई अन्तर्राष्ट्रिय बक्सिङ्ग डे मनाउदै आएको हो । सन् २०२१ देखि २२ जुलाईको सट्टा अगस्ट २७ लाई नियमित रुपमा अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनाउने गर्छ । आईबाले वर्ष २०२२ लाई “अफ्रिकाको वर्ष“ को रूपमा घोषणा गर्दै किन्शासा, डेमोक्रेटिक रिपब्लिक अफ कंगोको राजधानी किन्शासा शहरमा यो कार्यक्रम मनाउने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय बक्सिङ डे को अबसरमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले वर्तमान कार्यसमितिले राम्रो काम गर्न सफल भएको, सन्तोषजनक नतिजा ल्याउन सफल भएको र स्वयम् अध्यक्षले आफ्नो व्यक्तिगत खर्च गरि बक्सिङ खेल विकास र विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याएकोमा धन्यवाद समेत व्यक्त गरे । साथै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सन् २०१७ देखि आईबालाई लगाएको प्रतिबन्ध यथावत रहेको जानकारी गराउदै आउदो पेरिस ओलम्पिक सन् २०२४ मा बक्सिङ खेलको सहभागीता सुनिश्चितताको लागि संघले मेहनत गर्नुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रमका अध्यक्ष तथा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले अन्तर्राष्ट्रिय बक्सिङ डे २७ अगष्ट २०२२ को शुभ अबसरमा सम्पूर्ण देश विदेशमा रहनुभएका खेलाडी तथा खेलप्रेमी महानुभाबहरुलाई उत्तरोउत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु, राम बहादुर गिरी, श्याम काजी अवाले, शोभार जंग के.सी., पुष्करराज पन्त ,आईबा वान स्टार रेफ्री/जज एवम् आठौ सागका स्वर्ण पदक विजेता राम चन्द्र थापामगर, आईबा थ्री स्टार कोच दीपक महर्जन, पुर्व प्रमुख प्रशिक्षक ओम मास्के, आईबा टु स्टार कोच रमेश दास श्रेष्ठ, आईबा स्टार रेफ्री तारा राम श्रेष्ठ, आईबा स्टार रेफ्री एवम बागमती प्रदेश खेलकुद विकास परिषद सदस्य धनकुमार मैनाली, आईबा स्टार रेफ्री दिनेश बाशुकला, राष्ट्रिय कोचहरु-प्रेम पौजु, रत्न अवाले, रोहित अवाले लगायत उल्लेख्य रुपमा बक्सिङ्ग खेलाडीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close