
पोखरा स्पोर्टस । बगर भाई खलक पोखराले हालै सुरु गरेको फुटबल एकेडेमीका बालकहरुको स्वास्थ्य परिक्षण गराएको छ ।

उक्त स्वास्थ्य परिक्षण पोखरा १ भिमकालीपाटन स्थित दिप हस्पिटल एण्ड रिशर्च सेन्टरले निशुल्क रुपमा गरेको हो । सो अवसरमा ७६ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको बगर भाई खलकका अध्यक्ष दिल बहादुर गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
संस्थाको पार्टनर स्वास्थ्य संस्थाको रुपमा रहेको दिप हस्पिटलले गरेको सहयोग प्रति अध्यक्ष गुरुङले धन्यवाद व्यक्त गरेका छन् ।
हस्पिटलका कार्यकारी निर्देशक अर्जुन गुरुङ प्रती आभार ब्यक्त गर्दै उपचारमा संलग्नमेडिकल अफिसर डा.बामदेब पराजुली, ल्याब असिस्टेन्ट आरती श्रेष्ठ, रेडियोग्राफर टेक्निसियन रुपसी श्रेष्ठ, स्टाफनर्स हरु अन्जु गुरुङ, रश्मि जीटी, नबिना तामाङ,हेल्थ असिस्टेन्ट स्वोस्तिका थापा, ल्याबटेक्निसियन मनिषा अधिकारीलाई समेत धन्यबाद दिए ।
