गल्कोट समाज नागोयाका निवर्तमान अध्यक्ष थापा प्रदेश भलिबल संघको सल्लाहकार

पोखरा स्पोर्टस । गल्कोट समाज नागोया, जापानका निवर्तमान अध्यक्ष तथा र एन.आर.एन.ए जापानका केन्द्रीय सदस्य राम बहादुर थापा (काजी) गण्डकी प्रदेश भलिबल संघको सल्लाहकारमा मनोनयन भएका छन् ।

नेपालको राष्ट्रिय खेल भलिबललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विकास एवम विकास गर्ने हेतुले थापालाई सल्लाहकारमा मनोनयन गरिएको प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङले जानकारी दिएका हुन् । गत साउन १५ गते बसेको प्रदेश भलिबल संघको बैठकले उनलाई सल्लाहकारमा मनोनयन गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

जापानमा रहेर समेत सामाजिक र खेलकुद क्षेत्रमा कृयाशिल थापाबाट गण्डकी प्रदेशको भलिबल खेलको विकासका लागि रचनात्मक सहयोग तथा सुझावहरु प्राप्त हुने अध्यक्ष गुरुङले उल्लेख गरे । “हामीले स्वदेश तथा विदेशमा रहेर खेलकुदमा कृयाशिल व्यक्तित्वलाई सल्लाहकारमा मनोनयन गरेका छौं । हामीले उहाँ लगायत सल्लाहकारमा मनोनयन गरेकाहरुबाट रचनात्मक सुझावको अपेक्षा गरेका छौं ।”

मनोनयन भए संगै सल्लाहकार थापाले गण्डकी प्रदेश खेल विकासका लागि नगद ५० हजार सहयोग गरेको अध्यक्ष गुरुङले जानकारी दिए । उक्त सहयोगले खेलाडी उत्पादन संगै गण्डकी प्रदेशको भलिबल खेल विकासका लागि महत्वपूर्ण हुने उनको भनाई छ ।

जापानमा कृयाशिल थापा बागलुङको गल्कोट नगर पालिकाका स्थायी बासिन्दा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close