राखेपको वोर्ड बैठकले गरेका निर्णय सार्वजनिक (पूर्णपाठ सहित)

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)को ११३ औ वोर्ड बैठक आइतबार काठमाण्डौमा सम्पन्न भएको छ ।

यूवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजको अध्यक्षतामा सम्पन्न बैठकले गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बजेट संगै खेलाडीको भत्ता र पुरस्कारको समेत घोषणा गर्दै भदौ १५ सम्म खेलाडी संख्या र २५ गते सम्म नाम दर्ता गराई सक्नु पर्ने निर्णय गरेको हो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रत्येक टिममा ३ सय ३९ जना महिला र ३ सय ६९ जना पुरुष खेलाडी सहभागि हुने कोटा समेत निर्धारण गरेको छ ।

बैठकको निर्णयको पूर्णपाठ

प्रेस विज्ञप्ती
पत्रकार बन्धुहरु

राष्ट्रिय खेलकुद परिषदको ११३ औ बैठक माननीय युवा तथा खेलकुद मन्त्रीज्यूको अध्यक्षतामा आज मिति २०७९/०४/१५ गते बस्यो । बैठकमा परिषद्को आ.व. २०७९/०८० को बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरियो ।

नवौं राष्ट्रिय खेलकुद २०७९ को सम्वन्धमा
-खेलाडी तथा अफीसियललाई दैनिक रु २००० भत्ता दिने ।

-प्रदेश छनौटका लागि आवश्यक बजेट उपलव्ध गराउने ।

-सम्वन्धित जिल्ला तथा प्रदेशका खेलाडीहरुले मात्र सम्वन्धित टीममा सहभागि हुनु पर्ने ।

-प्रदेश तथा विभागिय टीमहरुले भदौ १५ गते सम्म खेलाडीको संख्या र २५ गते सम्म नाम दर्ता गराई सक्नु पर्ने ।

-प्रत्येक टिमबाट खेलाडी महिला ३३९ र पुरुष ३६९ कोटा निर्धारण गरियो ।

-३६ खेलमा प्रतिष्पर्धा हुने छ भने २ वटा खेलको प्रर्दशनी हुने ।

-खेल ईभेन्टस् ४०७ ।

-टीम ११ वटा हुने छन् ।

-प्रतियोगिताको एकल प्रतिष्पर्धामा स्वर्णपदक विजेत खेलाडीलाई नगद रु २५ हजार,टीम ईभेन्टमा स्वर्ण विजेतालार्ई रु १५ हजार तथा नयाँ राष्ट्रिय रेकर्ड राख्ने खेलाडीलाई रु ५० हजार उपलव्ध गराउने ।

-प्रतियोगिताको मूल ट्रफी प्रधानमन्त्रीज्यूबाट सार्वजनिक गरिने तथा ट्रफीलाई सातै प्रदेश तथा तीन विभागिय टोलीको मुख्यालयमा प्रर्दशन गरिने ।

– परिषदको कर्मचारी सेवा,शर्त सम्वन्धी विनियम तयार गर्न परिषद सदस्य प्रकाश कुसारीको संयोजकत्मा समिति गठन ।

– परिषदको भौतिक संरचना तथा सम्पती यकिन तथा प्रदेशमा हस्तान्तरण सम्वन्धी परिषद सदस्य अन्जन धमलाको संयोजकत्वमा समिति  गठन  ।

– खेल संघ विवाद सहजिकरणमा उपाध्यक्ष शिव कोईरालाको संयोजकत्वमा समिति गठन ।

– परिषद अन्तर्गत कार्यरत कर्मचारीहरुलाई अर्को व्यवस्था नभए सम्मका लागि कामकाज गर्न प्रदेश खेलकुद संरचनामा पठाईने ।

-२०२३ मा हुने चौधौं साग, २०२३ मा हुने १९ औ एशियाली खेलकुद,२०२४ मा पेरिस ओलम्पिक, २०२६ मा शितकालिन ओलम्पिक र -२०२६ को डकार युथ ओलम्पिक गेम्सका तयारीका लागि बजेट व्यवस्था तथा तयारी गर्ने ।

-ओ एन्ड एम सर्भे समिति गठन ।

-खेलाडी छात्रवास निर्माण ।

-मूलपानीमा एनएससी फिट्नेस सेन्टरको स्थापना गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close