नौलो घुम्तीले पोखरामा पुर्नजिवनको लागि टेबुलटेनिस परियोजना सुरु गर्दै

पोखरा स्पोर्टस । लागुपदार्थ दुर्व्यसनीमा परि उपचार्थ पुनःस्थापना केन्द्रमा रहेका महिला तथा पुरुष सेवार्थीहरुको लागि नौलोघुम्ती नेपालले ‘पुर्नजिवनको लागि टेबुलटेनिस परियोजना’ सुरु गर्ने शुक्रबार आयोजित एक कार्यक्रममा जानकारी गराईएको छ । पोखरामा दुर्व्यसनी लक्षित खेलकुदको कार्यक्रम नौलो घुम्तीले पहिलो पटक सुरुवात गर्ने भएको हो ।

सो अवसरमा कार्यक्रमको सुभारम्भ गर्दै नेपाल ओलम्पिक कमिटी-‘स्पोर्टस फर अल कमिसनका अध्यक्ष तथा पुर्व राष्ट्रिय खेलाडी बिष्णु गोपाल श्रेष्ठले टेबुलटेनिस खेल सबै उमेर समुह र सानो क्षेत्रमा पनि खेल्न सकिने खेल भएकोले जानी नजानी दुर्व्यसनीमा फसेका युवाहरुलाई पुर्नजिवन दिन निकै फलदायी हुने वताउँदै कुनै पनि खेलले औंषधिको काम गर्ने बताए ।

पोखरामा नौलो घुम्तीले फरक प्रकृतिको कार्यक्रमको सुरुवात गरेर समाजलाई चेतना जगाउने र उदाहरणिय कार्य गरेको उल्लेख गर्दै कमिसनका अध्यक्ष श्रेष्ठले भने–“सबैको लागि मान्छे, भएर जन्मनु ठुलो कुरा होइन मान्छे भएर मर्नु नै जन्मको सार्थक हुन्छ हामी आफ्नो लागि भन्दा पनि अरुको लागि काम गर्नु पर्छ,” उनले थपे–“खेलकुद नै औंषधी भन्ने बैज्ञानिकबाट प्रमाणित भइ सकेको छ । कोही पुर्ण छैन सिक्दै जानु नै हाम्रो उद्देश्य हो । चुनौतीको बारेमा सोच्नु नै समाधानको उपाए हो ।” उनले यस प्रकारका कार्यक्रमहरु अन्य संस्थाले पनि सिको गरे समाज परिवर्तनका लागि सकारात्मक प्रभाव पर्ने उल्लेख गरे ।

गण्डकी प्रदेश खेलकुद परिषद् बोर्ड सदस्य दिलबहादुर गुरुङले पूर्नस्थापना केन्द्रबाट निको भएर घर फर्किनेहरुलाई पुनः केन्द्रमा नफर्किने गरी कार्यक्रम अघि बढाउनुु पर्ने आवश्यक्ता रहेको उल्लेख गर्दै प्रदेश खेलकुद परिषद्ले पनि आवश्यक सहयोग गर्ने वताए ।

संस्थाका पुर्व अध्यक्ष तथा सबैको लागि खेलकुदका गण्डकी प्रदेश अध्यक्ष खड्गबहादुर रानाभाटले शारीरिक, मानसिक रूपमा चुस्त हुन तथा नैतिकताका कुरा खेलकुद बाट प्राप्त हुने बताए ।

सो अवसरमा संस्थाका कार्यकारी निर्देशक अनेश गुरुङले नयाँ जीवनको लागि टेबुलटेनिस परियोजनाको वारेमा जानकारी दिदैं संस्थाले गरेका योजनाहरुका बारेमा प्रस्तुत गरेका थिए । उनले खेलकुदको माध्यमबाट प्रतिबर्ष २ सय जनालाई नयाँ जीवन दिइने लक्ष्य रहेको वताए ।

करिब ३ वर्षसम्म संचालन हुने उक्त परियोजनाको लागि अन्तराष्ट्रिय टेबुलटेनिस फाउन्डेसन र ड्रिम बिल्डिङ फन्डको आर्थिक सहयोग र कास्की जिल्ला टेबुलटेनिस संघ, रिकभरी नेपाल र नेपाल प्रहरीको प्राविधिक सहयोग रहने छ ।

कास्की जिल्ला टेबुल टेनिस संघका अध्यक्ष उत्तम जोशीले संघले प्रशिक्षण तथा रिपोर्टिङमा सहकार्य गर्न सकिने बताएका थिए ।

नौलोघुम्ती नेपालका वरिष्ठ उपाध्यक्ष वद्रिविनोद प्रतिकको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव मंगल बहादुर नेपालीले र कार्यक्रम संयोजक ओमकृष्ण गुरुङले समेत आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close