
पोखरा स्पोर्टस । नेपाल लोकतान्त्रीक खेलकुद संघले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र खेलकुद क्षेत्रमा देखिएको बेथिती र मनोमानी तन्त्र प्रति गम्भिर ध्यानाकर्षण भएको र संघले त्यस्ता बेथिती प्रति आपत्ती जनाएको छ ।
नेपाल लोकतान्त्रीक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनको अध्यक्षतामा ललितपुरमा सोमबार बसेको केन्द्रिय कमिटि बैठकले नेपाली काँग्रेसको नेतृत्वमा सरकारमा रहेको अवस्थामा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले काँग्रेस भातृ संगठन नेपाल लोकतान्त्रीक खेलकुद संघलाई वेवास्ता गर्दै मनोमानी तवरले क्रियाकलाप गर्दै अगाडी बढेको प्रति गर्दै आपत्ती जनाएको हो ।
राष्ट्रिय खेलकुद परिषदमा सदस्यहरु नियुक्ती गर्दा लोकतान्त्रीक संघलाई वेवास्ता गरेको, ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उपसमितिहरु गठन गर्दा संघलाई वेवास्ता गरेको, आफ्ना नजिकका संघ र ब्यक्तिहरुलाई जिम्मेवारी प्रदान गर्नुले ठुलै आर्थिक घोटाला हुन सक्ने तर्फ सचेत रहेको र त्यसका लागि आजैबाट संयन्त्र तयार गरी निगरानी राख्ने संघले जनाएको छ । यस्तै संघले ९ औं राष्ट्रिय खेलकुदमा खेलाडीहरुको हक हितमा हुन सक्ने गलत क्रियाकलाप र अन्य गतिविधीलाई नजिकबाट नियाली रहने र खेलाडीहरुको हकहितमा कुनै सम्झौता नगर्ने समेत बताएको छ ।
२०७१ सालमा स्थापन भएको नेपाल लोकतान्त्रीक खेलकुद संघले खेलकुदमा अप्ठ्यारो अवस्थामा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको, खेलकुद गतिविधीलाई निरन्तरता प्रदान गर्दै आएको छ । नेपाली काँग्रेसले हालै भातृ संगठनको रुपमा मान्यता प्रदान गरे पश्चात बसेको पहिलो बैठकले नेपाली काँग्रेसका शिर्ष नेतृत्वहरु र केन्द्रिय कार्यसमितिलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पास गरेको छ । सोही अवसरमा संघले हालै अखिल नेपाल फुटवल संघको अध्यक्षमा केन्द्रिय सदस्य पंकज विक्रम नेम्वाङ्ग, बरिष्ठ उपाध्यक्षमा सचिव विरबहादुर खड्का, सदस्यमा सचिव मनिष जोशी निर्वाचित भएकोमा बधाई तथा कार्यकालको शुभकामना समेत प्रदान गरेको छ ।
यस्तै संघले भाद्र २४ गते बि.पी. जयन्तीको अवसर पारेर खेलकुद आयोजना गर्ने, खेलकुद परिषद र खेल क्षेत्रमा देखिएको अवान्छित गतिविधीलाई निर्मुल पार्न राष्ट्रिय संघ संग सहकार्य गरेर अगाडी बढ्ने उद्धेश्यले अन्तरकृया कार्यक्रमको आयोजना गर्ने निर्णय समेत गरेको छ ।
