एसियन शारिरीक सुगठनमा उमेशले जिते रजत

पोखरा स्पोर्टस । नेपाली शारिरीक सुगठनका खेलाडी उमेश राईले नेपालका लागि बुधबार रजत पदक जित्न सफल भएका छन् ।

मालदिभ्समा आयोजना भएको ५४ औं एसियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप अन्तरगत ८० केजी तौलमा रजत पदक प्राप्त गर्न सफल भएको टोली ब्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले जनाएका हुन् । ८ खेलाड सहभागि सो स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण र थाईल्याण्डका पतैवात अलकावातले कास्य पदक प्राप्त गरेका थिए ।

यस अघि फिटनेस फिजिक तर्फ १७० से.मि. सम्मको प्रतिस्पर्धामा राजुराईले नेपालका लगि कास्य पदक प्राप्त गरेका थिए । तीन खेलाडी सहभागिता रहेको च्याम्पियनसिपमा महिला तर्फ एथलेटिक फिजिकमा सुजिता मानन्धरले छैटौं स्थान हात पार्न सफ भएको ब्यवस्थापक एवं उपाध्यक्ष राजभण्डारीले मालदिभ्सबाट जानकारी गराए ।

खेलाडीहरुको मनोबल उच्च राख्नका लागि नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेश संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले रजत पदक प्राप्त खेलाडीलाई १ लाख र कास्य पदक प्राप्त खेलाडीलाई ७५ हजार नगदले सम्मान गर्ने घोषणा गरेको समेत ब्यवस्थापक राजभण्डारीले बताए ।

यसै क्रममा नेपालले २०२३ मा आयोजना गर्ने ५५ औं एशियन शारिरीक सुगठन प्रतियोगिताका लागि नेपालका तर्फबाट अध्यक्ष राजेश बाबु श्रेष्ठ र एशियन फेडेरेशनका तर्फबाट दातुक पउल चुवाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

प्रतियोगितामा भारतका एतीनदर सिंहले मि. एशियाको उपाधी जितेका थिए । नेपाली टोली शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको ब्यवस्थापक राजभण्डारीले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close