पोखरा स्पोटर्स अवार्डलाई खेलसंघहरुको साथ

पोखरा स्पोर्टस । छैटौं संस्करणको ‘पोखरा स्पोटर्स’ अवार्ड २०७८’ सफल बनाउन गण्डकी प्रदेशका खेलसंघहरुले संघहरुले साथ दिने प्रतिबद्धता जनाएका छन् ।

शनिबार पोखरामा आयोजना गरिएको भेलामा उनीहरुले कार्यक्रमलाई सफल पार्नको लागि रचनात्मक सुझाब समेत दिएका हुन् । अवार्ड कार्यक्रमलाई विवादरहित बनाउनुपर्नेमा उनीहरुको जोड थियो । खेलाडी, प्रशिक्षक, खेलसंघ र लाइफटाइम अचिभमेन्ट अवार्डको लागि प्रतिभा छनोट गर्ने आधारको बारेमा उनीहरुले जिज्ञाशा समेत राखेका थिए ।

उनीहरुको जिज्ञासालाई प्रतिभा छनोट समितिका संयोजक विनोद लामिछाने, मञ्चका कार्यबाहक अध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेलले मेटाएका थिए । प्रतिभा छनोटको लागि मञ्चले यसपाली तय गरेको मापदण्ड लगायतका गतिविधि थाहा पाएपछि खेलाडी तथा खेलसंघहरु सन्तुष्ट देखिए । वास्तविक प्रतिभाले अवार्ड पाउनुपर्नेमा उनीहरुको जोड थियो । यसका अलावा मञ्चले खेलाडी तथा खेलसंघसँग गर्न खोजेको समन्वयको उपस्थिती खेलाडी तथा खेलसंघका प्रतिनिधिले प्रशंसा गरे । विगतमा भन्दा यसपाली फरक अनुभुती गरेको उनीहरुको भनाई थियो ।

विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर पोखरा उद्योग वाणिज्य संघको हलमा हुने पोखरा स्पोटर्स अवार्ड २०७८ कार्यक्रम मार्फत मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

प्रतिभा छनोटको लागि मञ्चका पूर्व अध्यक्ष विनोद लामिछानेको संयोजकत्वमा समिति निर्माण गरिएको छ । सो समितिले प्रतिभा छनोट गर्नको लागि खेलाडी, प्रशिक्षक र खेलसंघको विवरण संकलन गरिरहेको छ । गण्डकी प्रदेशमा रहेका जिल्ला खेलसंघ तथा प्रदेश खेलसंघलाई पत्राचार गरेर विवरण मागिएको संयोजक लामिछानेले बताए ।

वर्ष २०७८ मा प्राप्त उपलब्धिलाई आधार बनाएर उत्कृष्ट ३ नोमिनेसन सार्वजनिक गरिने छ । खेलाडिको लागि वर्ल्डकप, ओलम्पिक, एसियन, साग, राष्ट्रिय, प्रदेश र जिल्ला स्तरिय प्रतियोगीतााको लागि अंकभार निर्धारण गरिएको छ । प्रतिभा छनोट समितिको बैठकले अंकभार निर्धारण गरेको हो । निर्धारण गरिएको अंकभारको आधारमा प्रतिभा छनोट गरिने तयारी गरिएको उनले प्रष्ट पारे ।

अवार्ड कार्यक्रमका लागि खेलाडी तथा खेलसंघले असार ७ गतेभित्र मञ्चमा विवरण पठाइसक्नुपर्नेछ । यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्ड, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघको लागि पनि मञ्चले मापदण्ड निर्धारण गरेको छ । निर्धारण गरिएको मापदण्डको आधारमा उत्कृष्ट छनोट गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close