सहारा एकेडेमीले ९ वर्ष बसेका ८ जना किशोरहरुलाई बिदाई गर्‍यो

पोखरा स्पोर्टस । सुर्य बहादुर के.सी.स्मृती सहारा फुटवल एकेडेमीमा रहेका ८ जना किशोरहरुलाई बिदाई गरिएको छ । प्लस टु को अध्ययन सकेका ८ जना किशोरहरुलाई क्लवले एक समारोहका बिच आइतबार बिदाई गरेको हो ।

करिब ९ बर्ष एकेडेमीमा रहेर फुटवल सहित उच्च शिक्षा हासिल गरेका पोखरा १० का सन्दिप के.सी., पर्वत कार्कीनेटा ६ का शिशिर क्षत्री, रुकुम कोल २ का कुशल बुढामगर, कास्की कृष्ति २ का निश्चल भण्डारी, चितवन छार्वोव्क ३ का प्रमिश गुरुङ, सुर्खेत विरेन्द्रनगर १२ का कमल सोमई मगर, स्याङजा बाहकोट १ का सन्देस गुरुङ र स्याङजा पन्चमुल ४ निरज बि.क.लाई क्लवले बिदाई गरेको हो ।

क्लवका सस्थापक अध्यक्ष वसन्त थकाली, मानार्थ सदस्य महेश गुरुङ, क्लवका अध्यक्ष हरिराम गुरुङ(सुरज), निवर्तमान अध्यक्ष केशव बहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली र विरभद्र आचार्य लगायतले खेलाडीहरुलाई खादा सहित मायाको चिनो प्रदान गर्दै बिदाई गरेका थिए ।

एकेडेमीमा तेश्रो व्याचको रुपमा १६ जिल्लाका २८ जना बालकहरु रहे पनि हाल १५ जना रहेको सहारा क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बरालले बताएका छन् । आत्मा साँक्षी राखी मन, बचन र कर्मले सामाजिक सेवा गरौं भन्ने उद्धेश्यले २०५५ साल भदौं ३० गते सहारा क्लवको स्थापना भएको हो । पहिलो संस्करण २०५८ सालमा को क्याराभान गोल्ड कप सुरु भएसंगै सहारा एकेडेमी सुरु भएको थियो ।

कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष थकालीले जहाँ गरिब र बिपन्न बर्गका छन् उनीहरुको हकहितमा वोल्दै आफुले सकेको सहयोग गर्न एकेडेमीका किशोरहरुलाई सुझाव दिए । क्लवका मानार्थ सदस्य महेश गुरुङले क्लवले हुर्काएका किशोरहरु जहाँ भए पनि क्लव प्रति आफ्नो भूमिका खेल्न सक्नुपर्ने बताए । उनले थप शिक्षा हासिल गर्दा आवश्यक पर्ने सहयोग गर्न समेत आफुहरु तयार रहेको जनाए ।

एकेडेमीबाट बिदाई हुँदै गर्दा सुर्खे विरेन्द्रनगर १२ का कमल सोमई मगर भावुक हुँदै आफ्नो वाल्यकालको महत्वपूर्ण जीवनमा एकेडेमीले आमा बाबुको माया दिएकोले आफु जहाँ भए पनि एकेडेमी प्रचि चासो दिने बताए । एकेडेमीले हाल आफ्नो खुट्टामा उभिन सिकाएकोमा क्लवप्रति समेत धन्यवाद दिदै उनले आफ्ना लागि एकेडेमी सँधै भगवान समान पुज्य रहेको बताए । आफुहरुलाई आमा बाबुको अभाव हुन नदिने क्लवका पदाधिकारीहरु प्रति र दाताहरुप्रति मगरले आभार समेत व्यक्त गरे ।

क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष केशवराज बराल, उपाध्यक्ष चित्र बहादुर पुन लगायतले बोलेका थिए ।

यसैबिच क्लवले सहारा एकेडेमीमा मानार्थ सदस्य महेश गुरुङ, सहारा युकेका सल्लाहकारहरु शेरा गुरुङ र भोज बहादुर गुरुङ, रामबजार सोसाइटी युकेका पूर्व अध्यक्ष रुपक गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल लगायतलाई स्वागत गरेको थियो ।

सहारा क्लवद्वारा संचालित सहारा एकेडेमीलाई पोखराको व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले वार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने भएको छ । एकेडेमीको जिम्मेवारी लिएसँगै सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन भएको क्लवले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close