कराते प्रशिक्षक पुरीलाई दिइयो श्रद्धान्जली

पोखरा स्पोर्टस । कराते सहायक प्रशिक्षक दिनेश पुरीको निधनमा बुधबार राष्ट्रिय खेलकुद परिषदमा श्रद्धान्जली सभाको आयोजना गरि स्वर्गिय पुरी प्रति श्रद्धान्जली अर्पण गरियो ।

राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, राखेप राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र राई लगायत प्रशिक्षक र कर्मचारीहरुले स्व. पुरीको तस्वीरमा अविर तथा फुल चढाई श्रद्धान्जली अर्पण गरेका थिए । पुरीको चिरशान्तिको कामना गर्दै १ मिनट मौन धारण गरिएको थियो ।

२०६१ भद्र १ गते परिषद्को सेवामा प्रवेश गरेका पुरी सुर्खेत जिल्ला खेलकुद विकास समितिमा कार्यरत थिए । क्यान्सर रोग संग जुधिरहेका स्व. पुरीको ५१ बर्षको उमेरमा २०७९ बैशाख २ गते निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close