
पोखरा स्पोर्टस । बंगालादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिवल प्रतियोगितामा शुक्रबार नेपालले महिला र पुरुष दुवैतर्फ जित निकालेको छ ।
सम्पन्न महिलातर्फको खेलमा साविक विजेता नेपालले मालदिभ्स विरुद्ध ३–० ले जित निकालेको हो । नेपालले उत्कृष्ट पदर्शन गर्दै मालदिभ्सलाई २५–९, २५–११ र २५–५ को सोझो सेटमा पराजित गरेको नेपाल भलिवल संघका कार्यवाहक अध्यक्ष याम बहादुर गुरुङले पोखरा स्पोर्टसलाई बताए । महिलातर्फको खेलमा उत्कृष्ट पदर्शन गर्ने सलिना श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएकी छन् ।
यता पुरुषतर्फ समेत नेपालले उज्वेकिस्तान विरुद्धको खेलमा ३–१ ले जित निकाल्न सफल भएको छ । उज्वेकिस्तान संगको खेलमा नेपालले पहिलो सेट १८–२५ ले गुमाए पनि लगातार तिन सेट जित्दै खेलमा फर्किएको थियो । नेपालले पहिलो सेट २५–२१, दोश्रो सेट २५–२२ र तेश्रो सेट २५–२३ ले जितेको कार्यवाहक अध्यक्ष गुरुङले बताए । उक्त खेलमा नेपालका धन बहादुर भट्ट क्षेत्री म्यान अफ दि म्याच घोषित भएका छन् ।
