जापानमा गलकोट समाजलाई भलिवल उपाधि, पुर्व राष्ट्रिय खेलाडी गुरुङ सम्मानित

पोखरा स्पोर्टस । नेपाल भलिबल संघ जापानको आयोजनामा जापानको साइतामा केन तोदा स्पोर्टस हलमा भएको जापानव्यापी तेस्रो खुला पुरुष रनिङ कप २०२१ भलिबल प्रतियोगिताको उपाधि गलकोट समाज जापानले उपाधि हात पारेको छ ।

गलकोट समाज जापान र गलकोट स्पोर्टस क्लब टोकियोका बिचमा भएको फाइनल खेलमा गलकोट समाज जापानले २५–२३ र २५–१६ को सोझो सेटमा गल्कोट स्पोर्टस क्लब टोकियोलाई हराउदै तेस्रो खुला पुरुष रनिङ कप भलिबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो । पहिलो सेटमा निकै प्रतिस्पर्धात्मक रूपमा खेल भएपनि गल्कोट समाजका खेलाडीको उत्कृष्ट खेल प्रदर्शनबाट स्पोर्टसलाई २५–१६ मा नै रोकेर जिततर्फ अग्रसर भएको थियो ।

गलकोट समाज जापानले नारिता डिसीलाई पराजित गराउदै दोस्रो चरणमा पुगेको थियो भने स्पोर्ट्स क्लब एनबिएलाई पराजित गर्दै दोस्रो चरणमा पुगेको थियो । दोस्रो चरणमा बोहोराफाँट समाजसँग भिडेको स्पोर्ट्स क्लब त्यसलाई पाखा लगाएर फाइनलमा प्रवेश गरेको थियो भने गलकोट समाज जापान दोस्रो चरणमा एनवाई एससीसँग भिडेर फाइनलमा स्थान बनाएको थियो ।

गलकोट समाज जापानले उपाधी चुमेसंगै ३ लाख येन नगद, मेडल , प्रमाण पत्र ट्रफ़ी र रनिङ कप हात पारेका छन भने उप विजेतामा चित्त बुझाउन बाध्य रहेको गलकोट स्पोर्ट्स क्लबले २ लाख येन नगद, मेडल , प्रमाण पत्र र ट्रफ़ी प्राप्त गरेको छ । त्यसैगरि बोहोराफाट समाज जापान र एनवाई एससी ले सान्त्वना पुरस्कार स्वरुप जनहि ५०–५० हजार येन नगद र प्रमाण पत्र पाएका छन ।

प्रतियोगितामा बोहोराफाट समाजका बसन्त कार्कीलाई वेष्ट स्पाइक, ल्थ्क्ऋ समूहका अभिजित रायमाझीलाई वेष्ट प्लेयर, गलकोट स्पोर्ट्स क्लव टोकियोका मनोज केसीलाई वेष्ट ब्लकर, गलकोट स्पोर्ट्स क्लव टोकियो कै अमर भण्डारीलाई वेष्ट कोच र गलकोट समाज जापान कै मनोज केसीलाई वेष्ट डिफेन्डरबाट पुरस्कृत गरिएको थियो भने मिराई लाईफ़ अवार्डबाट भविन थापालाई पुरस्कृत गरिएको थियो ।

उक्त प्रतियोगितामा देशमा वा बिदेशमा रहेर पनि भलिबल खेलको बिकासमा उल्लेखनीय भूमिका निर्वाह गरेका पूर्व राष्ट्रिय भलिबल खेलाडी,एक्स बगर युथ क्लबका संस्थापक तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघका संस्थापक अध्यक्ष श्री गुरुङलाई प्रमुख अतिथि गैर आवाशिय नेपाली संघ (आइसिसी) सदस्य रोबिन शेरचन तथा संघका अध्यक्ष रत्न सिंह बस्नेतले दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरेका थिए ।  सो अवसरमा आइसीसी सदस्य रोबिन शेरचन, एनविएका अध्यक्ष बिजय थकाली, मोना (आइसिसी) बरिष्ठ उपाध्यक्ष ददिवल खड्का र तमु धीं जापानका अध्यक्ष सौगात गुरुङले विजयी खेलाडीहरुलाई पुरस्कार, प्रमाण पत्र तथा चेक हस्तारन्तर गरि सम्मान गरेका थिए ।

प्रतियोगितामा जापानका विभिन्न क्षेत्रबाट नौ समूहको सहभागिता रहेको थियो । प्रतियोगिताको मुख्य आकर्षणको रूपमा एनवाईएससी र आयोजक संस्थाका महिला भलिबल खेलाडीद्वारा मैत्रीपूर्ण खेल प्रस्तुत गरिएको थियो । प्रतियोगिता संचालनका लागि २१ वटा विभिन्न संघ संस्थाले संस्थागत रूपमा सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close