पत्रकार विजयलाई खेलकुद प्रोत्सहान पत्रकारिता पुरस्कार

पोखरा स्पोर्टस । पोखराका यूवा पत्रकार विजय नेपालीले यूवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने खेलकुद पत्रकारिता पुरस्कार तर्फको समावेशी अन्तर्गत प्रोत्सहान पत्रकारिता पुरस्कार पाउने भएका छन् ।

यूवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने खेलकुद पत्रकारिता पुरस्कार अन्तर्गत समावेशी अन्तर्गत प्रोत्सहान पत्रकारिता पुरस्कार विजयले पाउने भएका हुन् । पोखराको एक स्थानिय दैनिकमा कार्यरत उनी खेलकुद विटमा कलम चलाउँदै आएका छन् । मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ का लागि खेलकुद पत्रकारिता पुरस्कार प्राप्त गर्न आवेदन मागेको थियो । जस अन्तर्गत देशभरीबाट १४ वटा मात्रै आवेदन परेको र त्यस मध्ये ११ जनालाई विद्यागत रुपमा छनोट गरि सम्मान गरिने मन्त्रालयले जनाएको छ ।

यस वर्षको खेलकुद पत्रकारिता पुरस्कार भने काठमाडौका हिमेश रत्न वज्राचार्यले प्राप्त गरेका छन् भने प्रदेश अन्तर्गत ७ जना सम्मानित हुने भएका छन् । समावेशीतर्फ विजय सहित लुम्विनी प्रदेशबाट पत्रकार सन्जु पौडेल सम्मानित हुनेछिन । गण्डकी प्रदेशबाट यस वर्ष गोरखाकी महिला पत्रकार सोनिता अर्यालले प्राप्त गर्न सफल भएकी छन् । पुरस्कृत पत्रकारहरुलाई नगद ५० हजार र सम्मानपत्र सहित मन्त्रालयले सम्मान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close