नेपाल ओलम्पिक कमिटीको साधारण सभा पुष १३ गते हुने

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटीको साधारण सभा आगामी पुष १३ (डिसेम्बर २८) गते हुने भएको छ ।

नेपाल ओलम्पिक कमिटीको बुधबार बसेको बैठकले साधारण सभा आगामी पुष १३ गते गर्ने निर्णय गरेको हो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा संघिय साँसद जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बोर्ड बैठकले नेपाल स्पोर्टस लिडर मिट सन् २०२२ को जनवरीमा गर्ने निर्णय समेत गरेको छ ।

बैठकले सन् २०२२ को अप्रिल ६ मा बुद्ध जन्मभूमि लुम्बिनीमा वृहत अन्तर्राष्ट्रिय कार्यक्रम पनि गर्ने निर्णय पनि गरेको छ । ‘स्पोर्टस एन्ड डेभलपमेन्ट फर पिस डे’को अवसरमा यो कार्यक्रम हुन लागेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ। यस्तै नेपालले ‘चिल्ड्रेन अफ एसिया इन्टरनेसनल स्पोर्टस गेम’ आयोजना गर्न प्रस्ताव गर्ने सुरुआती निर्णय समेत गरेको छ ।

नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्त बैद्यले पछिल्लो साता रुसको भ्याडिभोस्टोकमा भएको त्यस सम्बन्धी कार्यक्रममा सहभागी जनाउनु भएको थियो । भ्लाडिभोस्टोकमा चिल्ड्रेन अफ एसिया इन्टरनेसनल स्पोर्टस गेम सेभ द सिसनको सेमिनार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close