चौथो अभियान भलिबल प्रतियोगिता भोलि शुरु हुने, सम्पूर्ण तयारी सकियो

पोखरा स्पोर्टस । अभियान युवा क्लवको आयोजनामा हुने चौथो अभियान भलिबल प्रतियोगिता भोलि देखि हुदैँछ । पोखरा ५ मालेपाटन बाराही स्कुलको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा राष्ट्रिय तथा प्रदेश स्तरीय खेलाडीले भने सहभागिता जनाउन पाउने छैनन् ।

प्रतियोगितामा विभागीय क्लब सशस्त्र प्रहरी बल कालिका गण, कृस्ती युवा मिलन मञ्च, शान्त भलिबल ट्रेनिङ सेन्टर भकुण्डे, नव सृजनशिल युवा क्लब पुरन्चौर, बियन्का कृषि फर्म तथा पशुपालन मझेरीपाटन, मालेपाटन भलिबल ट्रेनिङ सेन्टर, मट्टीखान युवा क्लव, खुँदी डाँडा युवा क्लब, जागृति युवा क्लव सराङकोट पँदेली, बाराही मावि मालेपाटन, पोखरा टप्स एजुकेशन र मिडियो टिम पोखरा रहेका छन् ।

प्रतियोगिताका संयोजक तथा क्लब अध्यक्ष राजु गिरीले प्रतियोगिताको सम्पुर्ण तयारी सकिएको बताए । ‘भोलिदेखि हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको छ । कोरोना महामारीले थलिएर बल्ल हामी उठ्दै छौँ । हामीले प्रतियोगितालाई निरन्तरता दिने गरी अघि बढ्न लाग्दा कोरोनाले रोकियो अब भने सफल भएका छौँ’ उनले भने,‘प्रतियोगिता ३ दिनसम्म चल्ने छ ।

उनका अनुसार प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्धित्तिय हुने टिमलाई नगद रु २५ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत पुरस्कार तर्फ भने ट्रफि रहेको छ ।

विगत १४ वर्षदेखि क्लवले विभिन्न सामाजिक कार्य वृक्षरोपण, स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना, तालिम, खेलकुद लगाएतका कार्य गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close