पारा तेक्वान्दो टोलीलाई लोकतान्त्रीक खेलकुदको बिदाई

पोखरा स्पोर्टस । मित्र राष्ट्र जापानको टोकियो सहरमा आयोजना हुने पारालोम्पिक २०२० मा सहभागी हुन जाने नेपाली पारा तेक्वान्दो टोलीलाई नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले बिहिबार बिदाई गरेको छ ।

 

नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पूर्व मन्त्री समेत रहेका खेलकुद विभाग प्रमुख मोहन बस्नेतले टोलीलाई खेल पोशाक प्रदान गरेर प्रतियोगितामा सफलताको कामना गर्दै बिदाई गरेका छन् ।

नेपाली टोली तेक्वान्दोका सफल ब्यक्तित्व दीपक बिष्टको नेतृत्वमा शुक्रबार जापान प्रस्थान गर्ने कार्यक्रम रहेको छ । टोलीमा खेलाडी तर्फ पलेसा गोवर्धन र प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् ।

टोलीलाई शुभकामना प्रदान गर्ने क्रममा प्रमुख अतिथी बस्नेतले नेपाली काँग्रेस खेलाडीहरुको पक्षमा सदा अग्रस्थानमा रहने भन्दै पदक जितेर आएको खण्डमा खेलकुद विभागले न्यायोचित सम्मान गर्ने बताए । यस्तै नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेश अध्यक्ष दीपक गुरुङ्गले टिमलाई सफलताको शुभकामना प्रदान गर्दै प्रत्येक चरणको खेल जित्दा नगद २० हजार प्रदान गर्ने र पदक प्राप्त गरेको खण्डमा कास्यलाई ५० हजार, रजतलाई १ लाख र स्वर्णलाई १ लाख ५० हजार प्रदान गर्ने घोषणा गरे ।

कार्यक्रममा नेपाल लोकतान्त्रीक खेलकुद संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close