‘कोभिड १९ सक्रमण नियन्त्रणमा आएको छैन, खेलकुद सञ्चालन हुन सक्दैन’–जिल्ला प्रशासन कास्की

पोखरा स्पोर्टस । जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार एक सूचना प्रकाशित गर्दै कोभिड १९ को सक्रमण दर नियन्त्रणमा नआएको भन्दै कुनै पनि खेलकुद गतिविधी सञ्चालन गर्न रोक लगाएको छ ।

जारी सूचनामा विगत भन्दा कोभिड १९ को संक्रमण तथा मृत्यु दरमा केही कमी आए पनि सक्रमणमा अपेक्षाकृत रुपमा नियन्त्रणमा नआएको भन्दै थप १० दिनका लागि निषेधाज्ञा जारी गरेको हो । प्रशासनले असार १५ गते देखि असार २५ गते सम्म कुनै पनि खेलकुद गतिविधी सञ्चालन गर्न नगराउन भन्दै सोमबार जारी सुचनामा जनाएको छ ।

१० दिनका लागि जारी निषेधाज्ञामा पार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिम खाना, फिटनेश सेन्टर, स्पा, जिम खाना, स्विमिङ पुल लगायतमा निषेधाज्ञा जारी रहेको जनाएको भन्दै कुनै पनि गतिविधी नगराउन सूचनामा उल्लेख गरेको छ ।

तर केही दिन अघि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सहज भएका जिल्लाहरुमा खेलकुदका प्रशिक्षण सुरु गर्न क्षेत्रिय खेलकुदहरुलाई परिपत्र गरेको थियो । राखेपले प्रदेश सरकार, स्थानिय सरकार र जिल्ला प्रशासन कार्यालयहरु संग आवश्यक समन्वय गरेर सहज वातावरण भए प्रशिक्षण अगाडी बढाउन सक्ने भन्दै क्षेत्रिय खेलकुदहरुलाई परिपत्र गरेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिनाले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“प्रतिकुल समय भएका कारण हामी अहिले नै प्रशिक्षण शुरु गर्न सक्दैनौ हामी समन्वय गर्दैछौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close