
पोखरा स्पोर्टस । जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीमा रहेका आर्चरी खेलाडीलाई गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयका सचिब बिनोद बहादुर कुँवरले भेटेर शुभकामना दिएका छन ।

पोखरा रंगशालामा प्रशिक्षणरत खेलाडीलाई भेटेर सचिब कुँवरले शुभकामना दिनुका साथै उज्वल भविष्यको कामना समेत गरेका हुन । सो अवसरमा खेलाडी सँग प्रशिक्षणको अवस्थाका वारेमा जानकारी लिंदै कुनै समस्या भएमा मन्त्रालय सहयोग गर्न तयार रहेको बताउँदै उनले भने–“म यहाँहरुलाई मन्त्रालयको तर्फबाट जितको अग्रिम शुभकामना दिन चाहन्छु, पक्कै पनि यहाँहरुको मेहनतले अन्तर्राष्ट्रिय ऐरिनामा नेपालको झण्डा फहराउनु सफल हुनु हुनेछ ।”
भेटका अवसरमा प्रदेश खेलकुद परिषदका सदस्य सचिब तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज बहादुर गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र शेरचन समेत सहभागी थिए ।
ओलम्पिकका लागि वाइल्ड कार्डको तयारीमा रहेको २ जना खेलाडी ज्ञानु अवाले र तिलक पुन मगर करिव ६ महिना देखि पोखरामा प्रशिक्षणरत रहेका छन । प्रशिक्षणरत खेलाडीलाई प्रशिक्षक कृष्ण माया साङतानले प्रशिक्षण दिइरहेकी छन । ओलम्पिक आयोजक कमिटीले रेक्ङ्गिका आधारमा यहि जुन २९ सम्म सम्पूर्ण खेलका लागि खेलाडी छनोट गरि सक्ने जनाएको छ । जापानको राजधानी टोकियोमा यहि जुलाई २३ देखि अगस्ट ८ सम्म ओलम्पिक खेल हुनेछ ।
